जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको बजेट एक अर्व ४० करोड

  • प्रकाशित मितिः September 21, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको बजेट एक अर्व ४० करोड

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि एक अर्व ४० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । सूर्योदयको मंगलबार शुरु भएको १७ नगर सभामा नगर उप प्रमुख दुर्गाकुमार बरालले चालु तर्फ एक अर्व आठ करोड तीन लाख १७ हजार दुई सय २० रुपियाँ र अन्तरसरकारी अख्तियारी अन्तर्गत सङ्घीय सरकारबाट ३२ करोड गरी एक अर्व ४० करोड रुपियाँको बजेट सार्वजनिक गर्नु भएको हो ।
नगरपालिकाले प्रस्तावित योजना कार्यान्वयन गर्न स्थानीय सञ्चित कोषबाट एक अर्व आठ करोड तीन लाख १७ हजार दुई सय २० रुपियाँ विनियोजन गरेको छ । यसमा चालु खर्चको लागि ६८ करोड ३१ लाख ३७ हजार दुई सय २० रुपियाँ (६३.२३%) र पुँजीगत खर्चको लागि ३९ करोड ७१ लाख ८० हजार रुपियाँ (३६.७७%) छुट्याएको छ । विनियोजन गरीएको रकमले दीर्घकालीन पूर्वाधार र विकासलाई प्राथमिकता दिएको छ।
आगामी वर्षको खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट र राजस्व बाँडफाँडबाट २२ करोड ५७ लाख ११ हजार , सङ्घीय सरकारबाट ६४ करोड ४३ लाख, र प्रदेश सरकारबाट चार करोड ४४ लाख ८१ हजार प्राप्त हुने अनुमान छ, । अन्तरसरकारी अख्तियारी अन्तर्गत सङ्घीय सरकारबाट ३२करोड प्राप्त हुने अनुमान सहित कुल वार्षिक बजेट एक अर्व ४० करोड तीन लाख १७ हजार दुई सय २० खर्च हुने अनुमान गरिएको छ। चालु वर्षको प्रारम्भिक विनियोजन एक अर्ब १० करोड ७५ लाख २५ हजार पाँच सय रहेकोमा संशोधित बजेट एक अर्ब एक करोड ९१ लाख २७ हजार पाँच सय कायम हुने गरी संशोधन प्रस्ताव गरिएको छ।
प्रस्तुत बजेट चालु वर्षको शुरु विनियोजनको तुलनामा २ दशमलव ४६ प्रतिशत घटी र संशोधित अनुमानको तुलनामा ६ प्रतिशतले बढी रहेको छ । चालु वर्षको संशोधित विनियोजन र आगामी वर्षको क्रियाकलापगत बजेट अनुसूचीमा समावेश गरी सभाबाट स्वीकृतिका लागि पेश गरिएको छ।
नगर सभाले आन्तरिक राजस्वलाई सुदृढ गर्न करका दरमा सामान्य परिवर्तन सहित फराकिलो बनाइएको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । प्रस्तुत गरीएको बजेटमा शिक्षा , स्वास्थ्य , कृषि , पशुपालन , पर्यटन , सामाजिक बिकास र भौतिक पूर्वाधारमा केन्द्रित रहेको छ । जिल्लाका १० पालिका मध्ये सूर्योदयको बजेट सबै भन्दा ठूलो आकारको बजेट रहेको छ ।

 

TOP