जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

माईजोगमाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
माईजोगमाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धताु भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राम शंकर देवले बताउनु भयो । उहाले राष्ट्रिय खोप तालिका अनुसार पालिकाका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ।
कार्यक्रम माईजोगमाई गाउँपालिका खोप समन्वय समितिका संयोजक तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका संयोजक तथा इलाम जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका खोप समन्वय समितिका सह संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता , माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत , ६ वटै वडाका वडाध्यक्ष , कार्यापालिका सदस्य , वडाका जनप्रतिनिधि , माईजोगमाई भित्रका स्वास्थ्य संस्थाका कर्मचारी , महिला स्वथ्य स्यमसेविका लगायतको उपस्थितिमा कार्यक्रम समापन भएको हो ।
कार्यक्रमको अवसरमा पूर्ण खोप अभियानमा खटिनुहुने माईजोगमाई भित्रका ६ जना स्वस्थ्य संयमसेविकालाई र ६ वटै स्वास्थ्य संस्थालाई सम्मान समेत गरिएको थियो ।

TOP