पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

फिक्कलमा अभिनय कार्यशाला

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
फिक्कलमा अभिनय कार्यशाला

फिक्कल: राइटर्स इन्टरनेसनल ग्लोबल कमिटीको आयोजना तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा १५ दिने अभिनय कार्यशाला सुरु भएको छ ।सूर्योदय नगरपालिका–१०, फिक्कल इलाममा रहेको फिक्कल माध्यमिक विद्यालयका ६ देखि १० कक्षासम्मका २६ जना विद्यार्थी अभिनय कार्यशालामा सहभागी रहेका छन् ।समारोहलाई सम्बोधन गर्दै सूर्योदय नगरपालिकाका उपप्रमुख एवं अभिनय कार्यशाला उद्घाटन समारोहका प्रमुख अतिथि दुर्गाबहादुर बरालले यस्ता खालका कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासका लागि महत्वपूर्ण भूमिका खेल्छ भन्दै आफ्नो विगतको गायन तथा रचनात्मक काममा सधैँ अगाडि रहेको समयलाई सम्झिनुभयो ।

उहाँले आफैँ कलालाई नजिकबाट महसुस गरेको र कला मान्छेको महत्वपूर्ण पाटोका रूपमा लिँदै, यस्ता कार्यक्रमका लागि नगरपालिकाले बजेट विनियोजनमा कुनै कन्जुस्याइँ नगर्ने कुरा बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं नाटक प्रशिक्षक पुरु लम्सालले कला र संस्कृतिका क्षेत्रमा स्थानीय सरकारले लगानी गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले भाइबहिनीहरूलाई यो छोटो समयको प्रशिक्षणले आफूभित्र लुकेको प्रतिभा उजागर गर्ने अवसरका रूपमा लिन अनुरोध गर्नुभयो । कार्यक्रमका सभापति एवं विद्यालय प्रधानाध्यापक गङ्गाबहादुर महतले कार्यशालाले विद्यार्थीको शैक्षिक ज्ञान मात्र नभई कलात्मक, रचनात्मक र व्यावहारिक रूपले पनि सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।गोरखापत्र दैनिकबाट

TOP