पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

फिक्कलमा अभिनय कार्यशाला

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
फिक्कलमा अभिनय कार्यशाला

फिक्कल: राइटर्स इन्टरनेसनल ग्लोबल कमिटीको आयोजना तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा १५ दिने अभिनय कार्यशाला सुरु भएको छ ।सूर्योदय नगरपालिका–१०, फिक्कल इलाममा रहेको फिक्कल माध्यमिक विद्यालयका ६ देखि १० कक्षासम्मका २६ जना विद्यार्थी अभिनय कार्यशालामा सहभागी रहेका छन् ।समारोहलाई सम्बोधन गर्दै सूर्योदय नगरपालिकाका उपप्रमुख एवं अभिनय कार्यशाला उद्घाटन समारोहका प्रमुख अतिथि दुर्गाबहादुर बरालले यस्ता खालका कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासका लागि महत्वपूर्ण भूमिका खेल्छ भन्दै आफ्नो विगतको गायन तथा रचनात्मक काममा सधैँ अगाडि रहेको समयलाई सम्झिनुभयो ।

उहाँले आफैँ कलालाई नजिकबाट महसुस गरेको र कला मान्छेको महत्वपूर्ण पाटोका रूपमा लिँदै, यस्ता कार्यक्रमका लागि नगरपालिकाले बजेट विनियोजनमा कुनै कन्जुस्याइँ नगर्ने कुरा बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं नाटक प्रशिक्षक पुरु लम्सालले कला र संस्कृतिका क्षेत्रमा स्थानीय सरकारले लगानी गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले भाइबहिनीहरूलाई यो छोटो समयको प्रशिक्षणले आफूभित्र लुकेको प्रतिभा उजागर गर्ने अवसरका रूपमा लिन अनुरोध गर्नुभयो । कार्यक्रमका सभापति एवं विद्यालय प्रधानाध्यापक गङ्गाबहादुर महतले कार्यशालाले विद्यार्थीको शैक्षिक ज्ञान मात्र नभई कलात्मक, रचनात्मक र व्यावहारिक रूपले पनि सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।गोरखापत्र दैनिकबाट

TOP