जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

फिक्कल : बुधबार दिउँसो चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा भेटिनुभएका चुलाचुली–५ का ६५ वर्षीय भक्तबहादुर फागोको हर्षको सीमा थिएन । हँसिलो मुद्रामा उहाँ जग्गाधनी पुर्जा ९लालपुर्जा० बोकेर साथीभाइहरुलाई देखाउँदै हुनुहुन्थ्यो । जन्मँदै भूमिहीन फागोले ६० को दशक पार गरेपछि जग्गाधनी पुर्जा हात पार्नुभएको हो ।“वर्षौंदेखिको पर्खाइ बल्ल सकिएको छ,” भक्तबहादुरले भन्नुभयो, “हामीजस्ता गरिबका लागि जग्गाधनी पुर्जा केवल सपना थियो, आज प्राप्त भयो ।”

वर्षौंदेखि बसोबास गर्दै आएका तर आफ्नो नाममा लालपुर्जा नपाएका चुलाचुली गाउँपालिकाका ३१ बसोबासीको खुसी भक्तबहादुरको जस्तै थियो । भूमि समस्या समाधान आयोगले चुलाचुली गाउँपालिकासँग समन्वय गरेर बुधबार ३१ जनालाई लालपुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा पाएसँगै चुलाचुलीबासी खुसी छन् । वर्षौंदेखि जमिनविहीन भएर बसोबास गर्दै आएका चुलाचुलीबासीले आफ्नै नाममा जग्गाको प्रमाणपत्र पाउँदा दङ्ग छन् ।

पहिलोपटक आफ्नो नाममा जग्गाधनी पुर्जा पाएसँगै जीवनमा नयाँ भरोसा पलाएको चुलाचुली–२ की ६२ वर्षीया पदमकुमारी राईले बताउनुभयो । “अब बल्ल कानुनी रुपमा जग्गाधनी भएकी छु,” उहाँले भन्नुभयो । चुलाचुली–२ की निरमाया तामाङ वर्षौंदेखि भोगचलन गर्दै आए पनि पुर्जा प्राप्त भएपछि आफ्नै जमिन भएको अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब कसैले पनि हाम्रो जग्गा कब्जा गर्न सक्दैन ।”

चुलाचुली गाउँपालिका–२, ४ र ५ का ३१ परिवारलाई ५४ कित्ता जग्गाको लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोगका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । आयोगले चुलाचुली गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको हो । आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा आयोगले जग्गाधनी पुर्जा वितरण गरेको हो ।

चुलाचुली गाउँपालिकामा ६२० जनाको जग्गा नापजाँच र प्रमाणीकरणको काम भइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । बाँकीलाई पनि क्रमिक रुपमा जग्गाधनी पुर्जा वितरण गरिने उहाँले बताउनुभयो । यसअघि मङ्गलबार रोङ गाउँपालिका–१ का ७२ जनालाई आयोगले पुर्जा वितरण गरेको थियो । “हामी जतिसक्दो चाँडो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनी बनाउन लागिपरेका छौँ,” अध्यक्ष अधिकारीले राससँग भन्नुभयो– “ असार मसान्तसम्म करिब ७०० जनालाई पुर्जा वितरण गर्ने तयारी छ ।”

भूमि आयोगका केन्द्रीय अध्यक्ष रिजालले देशभर जिल्ला आयोगबाट लालपुर्जा वितरण सुरु भएको बताउनुभयो । दुई वर्षभित्र सबै भूमिहीन जग्गाको मालिक बन्ने उहाँको भनाइ थियो । इलाममा २२ हजार २४० जनाको निवेदन दर्ता भएको आयोगले जनाएको छ । जसमा २१० भूमिहीन दलित, ९१० भूमिहीन सुकुम्बासी र २१ हजार १३० अव्यवस्थित बसोबासी रहेका थिए ।रासस

TOP