Hamropalika menu advertisement

माईजोगमाईमा उपाध्यक्ष संग युवा उद्यामी कार्यक्रममा युवालाई तालिम

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
माईजोगमाईमा उपाध्यक्ष संग युवा उद्यामी कार्यक्रममा युवालाई तालिम

नयाँबजार: ‘उपाध्यक्ष सग युवा उद्यामी कार्यक्रम’ अन्तर्गत माईजोगमाई गाउँपालिकामा कोदोको बिस्कुट तथा बेकरी बनाउने सीप बिकास तालिम आजबाट सुरु भएको छ ।
उपाध्यक्ष सगँ युवा उद्यामी कार्यक्रममा माईजोगमाई गाउँपालिकाको ६ वटै वडाबाट वडाले सिफारिस गरेका उद्यामीको सहभागिता रहेको छ ।
आजबाट ५ दिन सम्म संचालन हुने तालिममा कोदोबाट बनिने बिस्कुट र बेकरी सम्बन्धीको तालिम सगै उद्यमशिलता सम्बन्धी तालिम समेत प्रदान गरिने छ ।
उद्घाटन कार्यक्रम उपाध्यक्ष सगँ युवा उद्यामी कार्यक्रमका संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आथित्यतामा सम्पन्न भयो । कार्यक्रममा माईजोगमाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष याम कुमार कार्की ,वडा नं. ४ का वडाध्यक्ष डुरन देवान ,वडा नं ५ का वडाध्यक्ष निर्मलध्वाज राई , वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी , कार्यपालिका सदस्य अमर बहादुर थामी , छत्र बहादुर दर्जी तथा ६ वटै वडाबाट उपस्थित सहभागिको उपस्थितिमा कार्यक्रमको उद्घाटन भएको हो ।
उपाध्यक्ष सगँ युवा उद्यामी कार्यक्रमका संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष राईले युवालाई आफनै ठाउँमा केहि गर्ने बनाउनका लागि उक्त तालिम संचालन गरीएको बताउनु भयो । उहाले भन्नु भयो‘थोरै समयको सीपले पनि स्वदेशमै रोजागार मुलक बनाउन सक्छ भनेर बार्षिक रुपमा यो कार्यक्रम राख्दै आएका छौ।’पहिलो दिनको तालिमको सहजिकरण उद्याम बिकास सहजकर्ता तेज बहादुर तारम मगरले गर्नुभएको थियो ।

TOP