जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको रोङ गाउँपालिका शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
इलामको रोङ गाउँपालिका शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट

फिक्कल:  इलामको रोङ गाउँपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट पालिकाका रूपमा छनौट भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपाल(प्यान)ले रोङ गाउँपालिकालाई शिक्षा क्षेत्रमा गरेको योगदानका आधारमा कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा छनौट गरेको हो ।
एसोसिएसनले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले कोशी प्रदेशमा रोङ गाउँपालिकालाई छनौट गरेको बिज्ञप्तीमा जनाएको छ । प्राध्यापक डाक्टर बिद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले बिभिन्न २५ वटा मापदण्डका आधारमा रोङ गाउँपालिकालाई छनौट गरेको प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमले जानकारी दिनु भयो । प्यानले जेठ २६ गते पोखरा सभा गृहमा कार्यक्रम गरी पुरस्कार तथा सम्मानपत्र वितरण गर्ने जनाएको छ ।
शिक्षाका सूचकमा शिक्षामा गरेको लगानीमा ३० अङ्क, निःशुल्क र समावेशी शिक्षामा १० अङ्क, दीर्घकालीन योजनामा १० अङ्क, असल अभ्यासमा २० अङ्क, प्राविधिक सञ्चालनमा १० अङ्क, स्थानीय पाठ्यक्रम तथा प्रविधिमा १० अङ्क र सुशासनमा १० अङ्क गरी मूल्याङ्कन गरेको थियो।
रोङ गाउँपालिकाले प्रविधिमैत्री बिद्यालय निर्माण गरी अविभावक शिक्षा लागु गरेको छ । यस पालिकामा महिनामा एक दिन बिद्यार्थी घर बसेर अविभावक पढन बिद्यालय जाने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिनु भयो । पालिकाले विज्ञान प्रदर्शनी, बाल बचत खाता सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । बाल बचतमा एक करोड हाराहारी रकम जम्मा भैसकेको छ । उहाले भन्नु भयो‘शिक्षालाई हामीले निक्कै प्राथमिक्ता दिएका छौ, यो मुल्याङ्कनले काम गर्ने साथीहरु र पालिकालाई हौसला मिलेको छ ।’ पालिका भित्र ३० वटा सामुदायिक र २ वटा संस्थागत बिद्यालय रहेका छन् । गत बर्ष इलामकै सूर्योदय नगरपालिका उक्त कार्यक्रममा उत्कृष्ट बनेको थियो ।

TOP