Hamropalika menu advertisement

रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • प्रकाशित मितिः August 31, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

फिक्कल: इलामको रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पालिकालाई आर्थिक बर्ष २०८१÷०८२ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको हो । पाँचथरको हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारीको प्रमुख आतिथ्यता रहेको उक्त घोषणा कार्यक्रममा, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष बिष्णु माया खवास, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहान, स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले लगायत जनप्रतिनिधि, कर्मचारी, स्वाथ्य स्वयमसेवीका लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा स्वास्थ्यकर्मी सन्ध्या राईलाई नगद पुरस्कार सहित सम्मानित गरिएको शाखा प्रमुख काफलेले जानकारी दिनु भयो ।

TOP