प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा एआई एक्सरे प्रविधिबाट क्षयरोग (फोक्सो) को परीक्षण गरिएको छ । सूर्योदय नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा फिक्कल नगर अस्पतालमा दुई दिन सम्म संचालन भएको शिविरमा आठ सय २२ जनाको क्षयरोगको परीक्षण गरीएको हो ।
एआई एक्सरे प्रविधिबाट ८२२ जनाको परीक्षण गर्दा ९६ जना शकास्पद बिरामी फेला गरेका छन । जसमा ८ जनामा क्षयरोग पहिचान भएको सूर्योदय नगरपालिका शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो। प्रविधिको माध्यमबाट समयमै क्षयरोगको पहिचान गरी उपचारमा सहयोग पु¥याउने उदेश्यले सञ्चालन गरिएको उक्त शिविरमा नगरवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरको नगर प्रमुख रण बहादुर राईले अनुगमन गर्दै प्रविधियुक्त स्वास्थ्य सेवाको विस्तारले नगरवासीको जीवनस्तर उकास्न मद्दत पु¥याउने बताउनु भयो । शिविरमा धेरैजसो सेवाग्राहीले एआई एक्सरे परीक्षण गराएका थिए भने, शंका लागेका बिरामीलाई थप उपचार शुरु गरिएको छ । जिल्ला अस्पताल इलामका डाक्टर सारस घिमिरले उक्त प्रविधिका कारण छिटो रोग पत्ता लगाई समयमै उपचार गर्न सकिने जानकारी दिनु भयो ।
उक्त एआई प्रविधि चालु आर्थिक बर्षमा स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशमा एक÷एक वटा उपलब्ध गराएको थियो । उक्त उपकरण पालैपालो जिल्लामा ल्याएर क्षयरोगको परीक्षण गरिने गरिएको छ ।

TOP