पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

भारतीय राजदुतद्धारा करफोक विद्या मन्दिरको अवलोकन

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
भारतीय राजदुतद्धारा करफोक विद्या मन्दिरको अवलोकन

फिक्कल: नेपालका लागी भारतीय राजदुत नवीन श्रीवास्तव र काउन्सिलर अनिस कुमार सिहले इलामको सूर्योदय नगरपालिका ११ स्थित करफोक माध्यमिक विद्यालय अध्ययन, अवलोकन गरेका छन् । राजदूतले भारतीय सहयोगमा निर्माण सम्पन्न करफोका विद्या मन्दिर माध्यमिक विद्यालयको आफ्नो धार्मिक यात्राको क्रममा ताप्लेजुङ जाने क्रममा अवलोकन गरेका हुन ।

त्यसैगरी भारतीय सहयोगद्वारा ५० बर्ष अघि निर्मित इलाम अस्पतालको समेत निरीक्षण गर्ने र इलाम नगरपालिकाद्वारा डिपिआर तयार पारी उक्त अस्पताललाई अत्याधुनिक संरचना सहित सञ्चालन गर्ने विषयमा उनले चासो व्यक्त गरेका छन् । त्यस क्रममा राजदुत श्रीवास्तवले चासो सहित छिट्टै बजेट व्यवस्थापन गर्ने बिषयमा पहल गर्ने बताए ।

करफोक विद्या मन्दिरको अध्ययनका क्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिका १० का अध्यक्ष दिलिप प्रधान लगायतको उपस्थिति रहेको थियो । नेपालका लागी भारतीय राजदुत नवीन श्रीवास्तव पूर्व नेपालको ताप्लेजुङ जिल्लाको पाथिभराको भ्रमणका लागि गएका हुन् ।

TOP