जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सुखानीमा नेकपा एसले मनायो स्थापना दिवस

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सुखानीमा नेकपा एसले मनायो स्थापना दिवस

फिक्कल: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले इलामको माई नगरपालिकाको सुखानीमा स्थापना दिवस मनाएको छ ।
पार्टीको कोशी प्रदेश कमिटीको आयोजनामा ७६ औं स्थापना दिवस तथा आन्दोलन घोषणा कार्यक्रम सम्पन्न गरिएको हो । पार्टीका इलाम र झापा जिल्ला कमिटीले व्यवस्थापन गरेको कार्यक्रममा पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा पोलिटब्युरो सदस्य खिनु लङ्वा लिम्बूको विशिष्ट आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा केन्द्रीय सदस्य भक्त केसी सहितका नेता–कार्यकर्ताको सहभागिता थियो । उक्त कार्यक्रम कोशी प्रदेश कमिटी अध्यक्ष सरिता थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सुखानी पाँच सहिदले सहादत प्राप्त गरेको स्थल हो । २०२९ सालमा झापाबाट इलाममा जेल सार्ने बहानमा प्रहरीले कम्युनिस्ट आन्दोलनका पाँच योद्धालाई सुखानीमा हत्या गरेको थियो । अहिले यो स्थललाई ऐतिहासिक स्थलका रूपमा विकास गरिएको छ । उक्त स्थानमा बिभिन्न प”र्वाधारका काम भैरहेका छन।

TOP