जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा अनुदान पाएपछि ब्यवसायिक बन्दै बिदेशबाट फर्कीएका

  • प्रकाशित मितिः September 21, 2026
  • हाम्रो पालिका
सूर्योदयमा अनुदान पाएपछि ब्यवसायिक बन्दै बिदेशबाट फर्कीएका

प्रेम अधिकारी
पशुपतिनगर(इलाम)

कतारमा साढे तीन बर्ष बिभिन्न दुख कष्ट सहेर घर फर्कनु भएकी सूर्योदय नगरपालिका ४ की सपना सुवेदी अहिले गाउँमै ब्यवसायीक बने पछि बिदेशीने मोह मनैबाट हट्न थालेको छ ।
कतारमा जानीनजानी हस्पिटल क्यान्टिनमा काम गरेर फकर्नु भएकी सपनाले अहिले आफनो घरमै लोकल कुखुरा पालेर ब्यवसायी बन्नु भएको हो । सूर्योदय नगरपालिकामा संचालित रेमी कार्यक्रम मार्फत शुरुमा कुखुरा पालन र बितिय ब्यवस्थापनको तालिम पाए पछि सपनाले ब्यवसायीक रुपमै कुखुरा पालन गर्दै आउनु भएको छ । सपनाले बिदेश बस्दाको सम्झना गर्दै भन्नु भयो‘अर्काको ठाउमा कतिबेला के हुन्छ थाहै हुन्थेन, भाषा नबुझने लगायतका समस्या थिए, अहिले घरमै ब्यवसाय गरेपछि ढुक्क भएको छ ।’
कक्षा १० सम्म अध्ययन गरी घरको गर्जो टार्नका लागि साउदी जानु भएकी सपनालाई बिदेशबाट फर्कीए पछि गाउमै केहि उद्यम गर्ने इच्छा थियो । नगरपालिकाले रेमी कार्यक्रम मार्फत बैदेशिक रोजगारीबाट फर्कीएका ब्यक्तिको पुनःएकीकरण कार्यक्रम अन्र्तगत चक्रिय बीउ पुजी स्वरुप ब्यवसाय गर्नका लागि एक लाख रुपिया बिना ब्याजमा दिएको थियो । उक्त रकममा थप गरी उहाले कुखुराको खोर निर्माण गरी कुखुरा पालन गर्नु भयो । अहिले उहा कुखुरा, बाख्रा पालनबाटै ब्यवसायिक बन्नु भएको छ । अहिले सपना आप्रवासी हकहित संरक्षण समितिको वडा उपाध्यक्ष बनी काम गरीरहनु भएको छ । सपना आफु त फेरी बिदेश जानु भएन, उहाले अन्य युवालाई समेत गाउँघरमै ब्यवसायिक बन्न प्रेरित गर्दै आउनु भएको छ । कुखुरा , बाख्रा, सैगै चिया खेती गरेर सपनाले अहिले आनन्दले गाउमै बसेर राम्रो आम्दानी गर्न थाल्नु भएको छ ।
सपना जस्तै कतारमा १४ बर्ष एसी टेक्निसियनको काम गरेर घर फर्कनु भएका सूर्योदय ४ कै डिल्लीराम मुखीयालाई पनि गाउमै केहि ब्यवसाय गर्ने रहर थियो । बिदेश बसेर जती कमाए पनि घर आउदा पैसा सक्कि राख्ने गरेका कारण उहालाई फेरी बिदेशीने मन भएन । घर निर्माणको काम समेत गर्न अब्बल मुखीयालाई नगरपालिकाले गत साल रेमी कार्यक्रम मार्फत नै कुखुरा पालनका लागि ४० हजार अनुदान दिए पछि आफुले थपेर डेढ लाख लगानीमा खोर निर्माण गरी ६०० चल्ला लगाउनु भयो । अहिले उहाले धेरै छिमल कुखुर बिक्री गरीसक्नु भएको छ ।
सूर्योदय ४ कै बिराज तामाङ साउदीमा एसी टेक्निसियनको काम गरेर २८ महिना बस्नु भयो । साउदीको दुःखले उहालाई गाउँ फर्कायो। गाउँमै केहि गरु भन्ने इच्छा बोकेका बिराजलाई पनि रेमी कार्यक्रमले साथ दियो । उहाले एक लाख रुपियाँ चक्रिय अनुदान पाएपछि कुखुरा पाल्न थाल्नु भयो । शुरुमा ४०० कुखुरा खोरमा हाल्नु भएका बिजार अहिले त्यहि ब्यवसायबाट ब्यवसायीक बन्नु भएको छ । गाउँघरमै थोरै बेच्दा कुखुरा प्रति किलोग्राम ७०० र मुष्ट बेच्दा ६०० रुपियाँ प्रति किलोग्राम बिक्ने गरेको छ । बिराज भन्नु हुन्छ‘अन्तुमा खुलेका त्यति धेरै कटेज, होटल र होमस्टे छन, बेच्नका लागि बजारको कुनै समस्या छैन ।
उहाहरु जस्तै अन्तुकै इन्द्रजीत मुखीया, राजेन्द्र गिरीले पनि रेमी कार्यक्रम मार्फत अनुदान पाएर कुखुरा पालन गर्नु भएको छ । उहाहरु लोकल कुखुरा पालेर ब्यवसायीक मात्र बन्नु भएको छैन, गाउँकै उदाहरणीय ब्यवसायी समेत बन्नु भएको छ ।
सूर्योदय नगरपालिकाको श्रम तथा रोजगार प्रवर्धन शाखा अन्र्तगत रेमी कार्यक्रममा सूर्योदय ४ र १४ मा अघिल्लो आर्थिक बर्षबाट कार्यक्रम संचालन गरीएको थियो । अहिले वडा नं। ९ र १३ लाई पनी समेटीएको छ । नगरपालिकाबाट हाल सम्म बिदेशबाट फर्कीएकालाई ब्यवसाय गर्न नगरले ११ लाख ५० हजार र रेमीले दुई लाख बढी लगानी गरीसकेको रेमी कार्यक्रमका नगर संयोजक इश्वरी तामाङले जानकारी दिनु भयो । ‘शुरुमा ब्यवसाय गर्नका लागि पहिचान गरी लगानी गर्यौ, अव बजारीकरणका लागि सहयोग गर्ने योजना छ’ कार्यक्रम संयोजक तामाङले भन्नु भयो ।
रेमी कार्यक्रमले बिना ब्याजमा अनुदान दिए पछि बिदेशबाट फर्कीएकालाई ब्यवसाय गर्न सहज भएको छ । गत बर्ष नगरपालिकाले स्वरोजगार कार्यविधि बनाएर उद्यम गर्न चाहनेलाई अनुदानको ब्यवस्था गरीएको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । उक्त कार्यबिधि अनुसार ब्यक्तिगत रुपमा एक लाख र समुह, सहकारी मार्फत ब्यवसाय गर्नेलाई पाँचदेखि १० लाख सम्म बिना ब्याज रकम दिइने गरीएको छ । नगर प्रमुख राईले भन्नु भयो‘यो कार्यक्रमले बिदेशबाट फर्कीएकालाई ब्यवसायीक मात्र बनाएको छैन, उहाहरुको समाजमा सहज रुपमा पुनः एकीकरण समेत भएको छ । गोरखापत्र दैनिक

TOP