जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा सरोकारवालासंग नीति कार्यक्रम निर्माणका लागि छलफल

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयमा सरोकारवालासंग नीति कार्यक्रम निर्माणका लागि छलफल

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम सम्बन्धी सरोकारवालासंग पूर्व बजेट छलफल गरेको छ । नगरपालिकाले आगामि आर्थिक बर्ष ०८२ ८३ मा कार्यान्वयन हुने नीति कार्यक्रम तर्जुमा गर्न गैसस, उपभोक्ता समिति, सहकारी संस्था, बुद्धिजिवि एवम संचारकर्मीहरुसंग छलफल गरेको हो । छलफलमा २२ जना सहभागिले सुझाव राखेका थिए ।

अधिकाँश सहभागिले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, चिया र पर्यटनका बिषयमा सुझाव राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुको उपस्थिती न्यून देखिएपछि कतिपय सहभागीहरुले नीति कार्यक्रमको प्रारम्भिक छलफलमा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता न्युन भएको बिषयमा गुनासो समेत राखे । सहभागिहरुले नीति कार्यक्रममा समावेश भएका कतिपय कार्यक्रमहरु कार्यान्वयमा आउन नसकेको गुनासो समेत राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद शम्शेर राईले प्रदेशका सवालमा उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । उनले स्थानीय तहले समानीकरण अनुदान भन्दा पनि आफ्नो आम्दानी बढाउन सुझाव दिए । राईले करको दर भन्दा पनि दायरा बढाएर स्थानीय सरकारले आम्दानी बढाउन सुझाव राखे ।

राईले डाँडाकाँडा रंग्याउँदैमा पर्यटन विकास नहुने भएकाले प्रदेश सरकारले लगानी गरेपछि आम्दानी दुवै तहलाई हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उठेका नीति कार्यक्रमहरुलाई समावेश गर्नुपर्ने बिषयहरुको बारेमा नगर प्रमुख रणबहादुर राईले सम्बोधन गरे । उनले कतिपय नयाँ कार्यक्रमहरु समावेश गरेर अघि बढ्ने नगरको लक्ष्य रहेको बताए ।

उनले नगरले १ अर्ब ३५ करोड हाराहारीको बजेट ल्याउँदै आएको बताए । राईले दुग्द्य मुल्य निर्धारण स्थानीय तहले सहजीकरणको मात्र कार्य गर्ने बताए । उनले वन फडानीको जनगुनासो बढेपछि ३३ इन्च भन्दा कमको रुख काट्न नपाइने जनाए । राईले नगरपालिकाले सामाजिक सुरक्षामा समेत धेरै खर्च गर्नुपरेको बताए । उनले सामाजिक सुरक्षाको क्षेत्रमा ३६ करोड खर्च हुँदै आएको बताए ।

उनले शिक्षामा नगरले बार्षिक रुपमा ३५ करोड लगानी गर्दै नयाँ नयाँ कार्यक्रमहरुलाई प्राथमिकता राख्दै आएको बताए । उनले स्वास्थ्यको क्षेत्रमा ९ करोड लगानी गरेपनि जनताहरुबाट नगरपालिकाले केही नगरेको भन्ने गुनासो हुने गरेको बताए । कार्यक्रममा नगरपालिकाको नीति कार्यक्रमको प्रारम्भिक खाका बारे योजना अधिकृत खेम राईले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि, शिक्षासेवी, सहकारीकर्मी, पत्रकार लगायको उपस्थिती रहेको थियो ।

TOP