कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा १९ बर्षीया विमलाको शव गाडिएको अवस्थामा फेला

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलाममा १९ बर्षीया विमलाको शव गाडिएको अवस्थामा फेला

इलाम:  चैत्र १ गतेबाट हराएकी फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ बर्षीया विमला कट्टेलको शव गाडिएको अवस्थामा फेला परेको छ ।हराएको १५ दिन पछि चैत १४ गते उनको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार, फाकफोकथुम गाउँपालिकाको दुईधार्ने खोप दाहालगोलाई भन्ने स्थानमा विमलाको शव फेला परेको हो । प्रहरीले शव उत्खनन गर्ने र कानुनी प्रक्रिया पुरा गरेर थप अनुसन्धान गर्ने बताएको छ ।इलामको देउमाई नगरपालिका जितपुर माइत रहेकी महिला गएको चैत्र १ गते देखी बेपत्ता भएकी हुन् । विमलाका ससुरा कृष्णलाल गिरीले ०८१ चैत ४ गते प्रहरीमा बुहारी हराएको उजुरी दिएको उल्लेख छ ।

विमलाका श्रीमान् २५ बर्षीया उमेश गिरी बेपत्ता गराउन संलग्न रहेको आशङ्का गरिएको छ । साथै उनलाई प्रहरीले ०८१ चैत १५ गते नियन्त्रणमा लिएको छ । उनको बाल विवाह कहिले र कसरी भयो भन्ने विषय अनुसन्धानको अर्को पाटो रहेको प्रहरीले बताएको छ ।

TOP