प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलाममा १९ बर्षीया विमलाको शव गाडिएको अवस्थामा फेला

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
इलाममा १९ बर्षीया विमलाको शव गाडिएको अवस्थामा फेला

इलाम:  चैत्र १ गतेबाट हराएकी फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ बर्षीया विमला कट्टेलको शव गाडिएको अवस्थामा फेला परेको छ ।हराएको १५ दिन पछि चैत १४ गते उनको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार, फाकफोकथुम गाउँपालिकाको दुईधार्ने खोप दाहालगोलाई भन्ने स्थानमा विमलाको शव फेला परेको हो । प्रहरीले शव उत्खनन गर्ने र कानुनी प्रक्रिया पुरा गरेर थप अनुसन्धान गर्ने बताएको छ ।इलामको देउमाई नगरपालिका जितपुर माइत रहेकी महिला गएको चैत्र १ गते देखी बेपत्ता भएकी हुन् । विमलाका ससुरा कृष्णलाल गिरीले ०८१ चैत ४ गते प्रहरीमा बुहारी हराएको उजुरी दिएको उल्लेख छ ।

विमलाका श्रीमान् २५ बर्षीया उमेश गिरी बेपत्ता गराउन संलग्न रहेको आशङ्का गरिएको छ । साथै उनलाई प्रहरीले ०८१ चैत १५ गते नियन्त्रणमा लिएको छ । उनको बाल विवाह कहिले र कसरी भयो भन्ने विषय अनुसन्धानको अर्को पाटो रहेको प्रहरीले बताएको छ ।

TOP