Hamropalika menu advertisement

सूर्योदयका गुरुङलाई हिमालयन अन्तर्राष्ट्रिय अवार्ड

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
सूर्योदयका गुरुङलाई हिमालयन अन्तर्राष्ट्रिय अवार्ड

इलाम: पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड इलाम सूर्योदय नगरपालिकाका मोडल मुकेश गुरुङले हात पारेका छन्। थाईलेण्डको राजधानी बैङ्ककको प्रिन्सटन होटलमा मंगलबार सम्पन्न कार्यक्रममा फिकलका गुरुङले अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल भएका हुन्।

वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि आवेदन दिएका गुरुङले मोडल अवार्डमा नोमिनेशन भरेका थिए ।
‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना हुने पाँचौं संस्करणको अवार्डका लागि नेपालका मोडल सेक्टरका कलाकारहरुलाई आवेदन आहृवान गरिएको थियो ।

यस संस्करणको अवार्ड यही चैत १२ ९२५ मार्च० मा थाइल्याण्डमा एक विशेष समारोहबीच वितरण गरिएकाृ अवार्ड संयोजक गीता अधिकारीले जानकारी दिईन् ।

तिमी बिना बोलको गीतमा रोजिना बस्नेत र सौगात जङ थापाले स्वर भरेका थिए । गीतको शब्द संगीत भीम विसीले गरेका उक्त गीतलाई मुकेश गुरुङ र शिला गजुरेलले पहिलो पटक डेभियु गरेका थिए ।

गुरुङले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पहिलो म्युजिक भिडियो मार्फत पाउन सफल भएका छन्। हालसम्म उनले म्युजिक भिडियोकै क्रममा डेढ दर्जन भिडियोहरू गरिसकेका छन्। उनी अहिले म्युजिक भिडियोकै कारण थाइल्याण्ड सिङ्गापुर र मलेसियाको भ्रमणमा रहेका हुन् । उनी भन्छन् मेरो मेहनत र दर्शकहरूको मायाले विश्वास जित्न झन् सजिलो भएको छ। हौसला र यो अवार्डले मलाई थप जिम्मेवारी दिएकोमा मेरो यही क्षेत्रबाट अझ धेरै दर्शकहरुलाई मनोरञ्जनात्मक भिडियो खेली वा अझ मेहनत गरी दर्शक माझ थप माया पाउने आस लिएको छु।

TOP