जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

यातायात कार्यालय इलामद्वारा ७ करोड बढी राजस्व सङ्कलन

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
यातायात कार्यालय इलामद्वारा ७ करोड बढी राजस्व सङ्कलन

इलाम :  यातायात व्यवस्था सेवा कार्यालय इलामले चालु आर्थिक वर्ष २०८१र०८२ को ८ महिनामा सात करोड ६६ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरणलगायत विभिन्न पाँचवटा शिर्षकबाट चालु आव २०८१र०८२ को साउन १ देखि फागुन मसान्तसम्म सात करोड ६६ लाख ७१ हजार नौ सय १३ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।

कार्यालय प्रमुख मैनालीका अनुसार चालु आवको ८ महिनामा यातायात क्षेत्रको आम्दानीबाट ८० लाख ५६ हजार १५, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट ९६ हजार र चालक अनुमतिपत्र ९लाइसेन्स०, सवारी दर्ता किताब ९ब्लु बुक० सम्बन्धी दस्तुरबाट एक करोड ३४ लाख ४६ हजार तीन सय ५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै प्रशासनिकदण्ड, जरिवान र जफतबाट दुई हजार र सवारीसाधन करबाट पाँच करोड ५० लाख ७१ हजार पाँच सय ४३ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरस्थित सवारी पटेक बाटो इजाजत राजस्व असुली केन्द्रबाट ६६ लाख ३४ हजार नौ सय १० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिए । यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो ।

यातायात व्यवस्था सेवा कार्यालयले अघिल्लो आव २०८०र०८१ मा विभिन्न शिर्षकमा १० करोड ९८ लाख ७४ हजार तीन सय ७३ राजस्व सङ्कलन गरेको थियो । यातायात क्षेत्रको आम्दानीबाट ५८ लाख ४३ हजार छ सय ८०, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १३ हजार, चालक अनुमतिपत्र ९लाइसेन्स०, सवारी दर्ता किताब ९ब्लु बुक० सम्बन्धी दस्तुरबाट एक करोड ९५ लाख ८५ हजार १५ र सवारीसाधन करबाट आठ करोड ४४ लाख ३२ हजार छ सय ७८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

आलु आवमा अनुमानभन्दा बढी राजस्व सङ्कलन हुने कार्यालय प्रमुख मैनालीले बताए । ‘हाम्रो कार्यालयको संरचनाअनुसार राजस्व सङ्कलन हुने मुख्य सिजन चैत र असार हो, फागुनसम्म ७ करोड बढी राजस्व सङ्कलन भइसकेको छ,’ उनले भने, ‘यस वर्ष १३ करोडको हाराहारीमा राजस्व सङ्कलन हुने हाम्रो अनुमान छ ।’

यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरु पाँचथर र ताप्लेजुङभएपनि झापासहितका सेवाग्राहीहरु समेत सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताए ।नयाँ बुलन्द

TOP