इलाम : इलाममा “६८ औं राष्ट्रिय सहकारी दिवस” सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरि मनाउने तयारी भएको छ । जिल्ला स्थित सम्पुर्ण संघसंस्थाहरुले आ-आफ्नो अनुकुलतामा जिल्ला सहकारी संघसंग आपसी समन्वय, सहभागीता र सहकार्य गरि विविध कार्यक्रमका साथ भब्य रुपमा मनाउने निर्णय भएको जिल्ला सहकारी संघ इलामका अध्यक्ष लिला प्रसाद थापाले बताउनु भयो । संघको बुधबार इलाममा बसेकाे बैठकले सबै संघ संस्थाहरुले आफ्ना कम्तीमा पनि १० प्रतिशत सदस्यहरुसंग भेटघाट कार्यक्रम , सहकारी संचालक र संघहरु बीच सहकारी अन्तरकृया , स्वास्थ शिविर , रक्तदान , कृषि पशुपालन परामर्श , बिउबिजन बितरण, वक्तृत्वकला प्रतियाेगीता कार्यक्रम संचालन गरिने तयारी भएको जनाईएको छ । सबै संघसंस्थाहरुकाे व्यापक सहभागीतामा आगामी चैत २० गते जिल्ला स्तरीय कार्यक्रम इलाम सदरमुकाममा आयोजना गरिने संघले जनाएको छ । उक्त दिन र्याली सहित गौतम बुद्ध सभा गृह (सिटीहल)मा वक्तृत्वकला
,सांस्कृतिक कार्यक्रम ,कार्यपत्र प्रस्तुती र छलफल,उत्कृष्ट सहकारी र सहकारीकर्मी सम्मान तथा पुरस्कार बितरण कार्यक्रम,क्यालेन्डर विमोचन लगायत विविध कार्यक्रमको तयारी गरिएको जनाइएको छ ।
चैत २० गतेकाे सदरमुकाममा हुने कार्यक्रमलाई असर नपर्ने गरि चैत २० गते भन्दा अगाडि वा पछाडि हुने गरि अन्य पालिकाहरुमा पालिकास्तरीय सहकारी दिवस मनाउने निर्णय भएको जनाइएको छ ।
जिल्लामा हाल ५ सय ३९ बढी सहकारी सन्चालनमा छ्न । ८५ हजार भन्दा बढी सदस्यहरु सहकारीमा आबद्ध रहेको जिल्ला सहकारी संघको तथ्यांकमा छ । इलाममा २ सय करोड आर्थिक कारोबार सहकारी मार्फत संचालित छ ।
६८औं राष्ट्रिय सहकारी दिवसको नारा “मर्यादित सहकारी: समुन्नत समाज” रहेको छ ।