जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

“६८ औं राष्ट्रिय सहकारी दिवस”मा इलाममा सप्ताहव्यापी कार्यक्रम गरिने

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
“६८ औं राष्ट्रिय सहकारी दिवस”मा इलाममा सप्ताहव्यापी कार्यक्रम गरिने

इलाम : इलाममा “६८ औं राष्ट्रिय सहकारी दिवस” सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरि मनाउने तयारी भएको छ । जिल्ला स्थित सम्पुर्ण संघसंस्थाहरुले आ-आफ्नो अनुकुलतामा जिल्ला सहकारी संघसंग आपसी समन्वय, सहभागीता र सहकार्य गरि विविध कार्यक्रमका साथ भब्य रुपमा मनाउने निर्णय भएको जिल्ला सहकारी संघ इलामका अध्यक्ष लिला प्रसाद थापाले बताउनु भयो । संघको बुधबार इलाममा बसेकाे बैठकले सबै संघ संस्थाहरुले आफ्ना कम्तीमा पनि १० प्रतिशत सदस्यहरुसंग भेटघाट कार्यक्रम , सहकारी संचालक र संघहरु बीच सहकारी अन्तरकृया , स्वास्थ शिविर , रक्तदान , कृषि पशुपालन परामर्श , बिउबिजन बितरण, वक्तृत्वकला प्रतियाेगीता कार्यक्रम संचालन गरिने तयारी भएको जनाईएको छ । सब‌ै संघसंस्थाहरुकाे व्यापक सहभागीतामा आगामी चैत २० गते जिल्ला स्तरीय कार्यक्रम इलाम सदरमुकाममा आयोजना गरिने संघले जनाएको छ । उक्त दिन र्‍याली सहित गौतम बुद्ध सभा गृह (सिटीहल)मा वक्तृत्वकला
,सांस्कृतिक कार्यक्रम ,कार्यपत्र प्रस्तुती र छलफल,उत्कृष्ट सहकारी र सहकारीकर्मी सम्मान तथा पुरस्कार बितरण कार्यक्रम,क्यालेन्डर विमोचन लगायत विविध कार्यक्रमको तयारी गरिएको जनाइएको छ ।
चैत २० गतेकाे सदरमुकाममा हुने कार्यक्रमलाई असर नपर्ने गरि चैत २० गते भन्दा अगाडि वा पछाडि हुने गरि अन्य पालिकाहरुमा पालिकास्तरीय सहकारी दिवस मनाउने निर्णय भएको जनाइएको छ ।
जिल्लामा हाल ५ सय ३९ बढी सहकारी सन्चालनमा छ्न । ८५ हजार भन्दा बढी सदस्यहरु सहकारीमा आबद्ध रहेको जिल्ला सहकारी संघको तथ्यांकमा छ । इलाममा २ सय करोड आर्थिक कारोबार सहकारी मार्फत संचालित छ ।
६८औं राष्ट्रिय सहकारी दिवसको नारा “मर्यादित सहकारी: समुन्नत समाज” रहेको छ ।

TOP