कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा

फिक्कल: इलाम सदरमुकामबाट मात्र गरीदै आएको राष्ट्रिय परिचय पत्र भर्ने र तस्विर खिचाउने काम अव सूर्योदय नगरपालिकाबाट पनि शुरु गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय इलामबाट मात्र दिइदै आएको उक्त सेवा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग र सूर्योदय नगरपालिका बिच समझदारी भए पछि नगरबाटै शुरु हुने भएको हो ।
नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बितरण अस्थाई स्टेशन स्थापना गर्ने गरी बिभागका महानिर्देशक युवराज कट्टेल र सूर्योदयका नगर प्रमुख रणबहादुर राईले समझदारी पत्रमा हस्ताक्षर गर्नु भए पछि पालिका स्तरबाटै उक्त सेवा शुरु हुने भएको सूर्योदयका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले जानकारी दिनु भयो । यहि महिनाबाट सेवा शुरु गरीने नगर प्रमुख राईले जानकारी दिनु भयो । लामो समय देखि उक्त सेवा शुरु गर्न नगरले प्रयास गरीरहेको थियो ।
नगर प्रमुख राईले भन्नु भयो‘नगरबाट उक्त सेवा शुरु भएपछि स्थानीयलाई इलाम धाउनु पर्ने बाध्यता हटेको छ ।’पछिल्लो समय बैंक खाता देखि सबै कुरामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरीएपछि जिल्ला प्रशासन कार्यालयमा फारम भर्ने र फोटो खिचाउनेको भिड लाग्ने गरेको छ ।
तस्विरः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागका महानिर्देशक युवराज कट्टेल र सूर्योदयका नगर प्रमुख रणबहादुर राईले समझदारी पत्रमा हस्ताक्षर गर्दै ।

TOP