खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा

  • प्रकाशित मितिः October 17, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा

फिक्कल: इलाम सदरमुकामबाट मात्र गरीदै आएको राष्ट्रिय परिचय पत्र भर्ने र तस्विर खिचाउने काम अव सूर्योदय नगरपालिकाबाट पनि शुरु गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय इलामबाट मात्र दिइदै आएको उक्त सेवा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग र सूर्योदय नगरपालिका बिच समझदारी भए पछि नगरबाटै शुरु हुने भएको हो ।
नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बितरण अस्थाई स्टेशन स्थापना गर्ने गरी बिभागका महानिर्देशक युवराज कट्टेल र सूर्योदयका नगर प्रमुख रणबहादुर राईले समझदारी पत्रमा हस्ताक्षर गर्नु भए पछि पालिका स्तरबाटै उक्त सेवा शुरु हुने भएको सूर्योदयका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले जानकारी दिनु भयो । यहि महिनाबाट सेवा शुरु गरीने नगर प्रमुख राईले जानकारी दिनु भयो । लामो समय देखि उक्त सेवा शुरु गर्न नगरले प्रयास गरीरहेको थियो ।
नगर प्रमुख राईले भन्नु भयो‘नगरबाट उक्त सेवा शुरु भएपछि स्थानीयलाई इलाम धाउनु पर्ने बाध्यता हटेको छ ।’पछिल्लो समय बैंक खाता देखि सबै कुरामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरीएपछि जिल्ला प्रशासन कार्यालयमा फारम भर्ने र फोटो खिचाउनेको भिड लाग्ने गरेको छ ।
तस्विरः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागका महानिर्देशक युवराज कट्टेल र सूर्योदयका नगर प्रमुख रणबहादुर राईले समझदारी पत्रमा हस्ताक्षर गर्दै ।

TOP