इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाममा दुई महिने अभियान सञ्चालन गर्ने भएको छ। जिल्ला सभापति टिका ओडारीको अध्यक्षतामा सम्पन्न बैठकले संगठन विस्तार अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।
अभियान प्रभावकारी बनाउन पालिका सभापतिलाई संयोजक बनाएर काम गरिने भएको छ। समिति गठन हुन बाँकी पालिकामा जिल्ला प्रतिनिधि संयोजक रहने गरी प्रदेश सदस्य, क्षेत्रीय सदस्य र जिल्ला सदस्य रहने गरी इलामका १० वटै पालिकाहरुमा अभियान सञ्चालन गर्ने भएको हो।
यसका लागि सूर्याेदय नगरपालिकामा सभापति रमेश भट्टराईको संयोजकत्वमा प्रदेश सदस्य सोनाम नामग्याल काजी, क्षेत्रीय सदस्य दुर्गा सुवेदी, जिल्ला सदस्य कमला अधिकारी र सविता दास सदस्य रहने गरी टोली बनाइएको छ।
यस्तै, रोङ गाउँपालिकामा जिल्ला ओडारी संयोजक रहने गरी प्रदेश सदस्य सोनाम नामग्याल काजी सहितको टोली परिचालन हुने भएको छ। माईजोगमाई गाउँपालिकामा पालिका सभापति विरेन निरौला संयोजक, संगठन विभाग प्रमुख दिनेशकुमार महत सदस्य रहेको अभियान टोली परिचालित हुने भएको छ।
यसैगरी, सन्दकपुर गाउँपालिकामा जिल्ला उपसभापति सन्तोष श्रेष्ठको संयोजकत्वमा जिल्ला रेट संयोजक तेजकुमार श्रेष्ठ र पालिका सम्पर्क व्यक्ति दिपक खतिवडा सदस्य रहेको अभियान टोली गठन गरिएको छ।
माई नगरपालिकामा भेला आयोजक समितिका संयोजक रामबहादुर थापा संयोजक र जिल्ला सभापति टिका ओडारी सदस्य रहेको अभियान टोली परिचालन हुने भएको छ। इलाम नगरपालिकामा भेला आयोजक समितिका संयोजक भुवन पौडेल संयोजक, जिल्ला कोषाध्यक्ष कल्पना न्यौपाने सदस्य रहेको अभियान टोली बनाइएको संगठन विभाग प्रमुख दिनेश महतले बताए।
देउमाई नगरपालिकामा नगर सभापति श्याम राईको संयोजकत्वमा संस्थापक इलाम जिल्ला सभापति शेखर भट्टराई, निवर्तमान सभापति प्रकाश सापकोटा, जिल्ला सचिव गोकुल राई, जिल्ला सदस्य पवित्र कार्की राउत र जिल्ला सदस्य मिङ्मा शेर्पा सहितको टोली बनाइएको छ।
फाकफोकथुम गाउँपालिकामा भेला आयोजक समितिको संयोजक इन्द्र अधिकारी संयोजकत्वमा प्रदेश सदस्य महेन्द्र थापा, जिल्ला सदस्य प्रतिक बोहोरा र क्षेत्रीय सदस्य रबिन पौडेल सहितको टोली गठन भएको छ।
चुलाचुली गाउँपालिकामा भेला आयोजक समिति संयोजक पाण्डव बस्नेतको संयोजकत्वमा क्षेत्रीय सदस्य खगेन्द्र चापागाई सदस्य रहेको अभियान टोली बनाइएको छ। माङ्सेबुङ गाउँपालिकामा जिल्ला सदस्य गणेश कार्की संयोजकत्वमा युवा नेता मिलन लिम्बु सदस्य रहेको महतले जानकारी दिए।
बैठकले प्रत्येक पालिकाबाट अभियानलाई सफल बनाउन १–१ जना प्रतिनिधि फागुन १५ गतेभित्र सिफारिस गर्न निर्देशन पनि दिएको छ। दुई महिने अभियानका लागि पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ र रमेश प्रसाईँ आउने तय भएको पार्टीले जनाएको छ।