जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

पुन्य स्मारिको ३७ औं बार्षिक उत्सव सम्पन्न

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
पुन्य स्मारिको ३७ औं बार्षिक उत्सव सम्पन्न

फिक्कल: सूर्योदय नगरपालिका ११ को पुन्य स्मारिका आधारभुत बिद्यालयको ३७ औं बाािर्षक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयले खेलकुद , सांस्कृति कार्यक्रम तथा सम्मान कार्यक्रम सहित ३७ औं बार्षिक उत्सव मनाएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश राईको अध्यक्षता तथा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बर्ष उत्कृष्ठ शिक्षकको रुपमा सुजन खत्रीलाई सम्मानीत गरीयो । त्यस्तै बिद्यालय ब्यवस्थापन समिति सदस्य चन्द्रमान राई, शिक्षक अविभावक संघका सदस्य रोषन रेग्मी र अविभावक बविता लिम्बुलाई उत्कृष्ठ कार्य गरे बापत सम्मान गरीएको थियो । यस्तै उत्कृष्ठ र अनुसासित बिद्यार्थीलाई समेत सम्मान गरीएको छ । बिद्यालयको बार्षिक उत्सवको अवसरमा आयोजित बिभिन्न प्रतियोगिताका बिजेता उप बिजेता बिद्यार्थीलाई समेत पुरस्किृत गरीयो ।
बिद्यालयका प्रधानाध्यापक डिल्लीरमण पौडेलले २०७२ साल देखि बिद्यालयले बाल बचत शुरु गरेको जानकारी दिनु भयो । उहाले आगामी शैक्षिक सत्र देखि कक्षा ९ को पढाई शुरु गरी बिद्यालयलाई माध्यमिक स्तरमा संचालन गर्न पहल थालिएको जानकारी दिनु भयो । शाखा प्रमुख भट्टराईले उक्त बिद्यालयले शैक्षिक गुणस्तर सुधार गर्दै लगेको जानकारी दिनु भयो । उहाले बिद्यालयले पढाईका अवला अन्य क्रियाकलाप समेत राम्रो गरेको जानकारी दिनु भयो । कक्षा ८ सम्म अग्रेजी माध्यममा पठनपाठन हुदै आएको उक्त बिद्यालयमा पछिल्लो समय बिद्यार्थी संख्या बढने क्रम जारी छ ।

TOP