Hamropalika menu advertisement

सूर्योदयमा बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम

  • प्रकाशित मितिः August 31, 2026
  • हाम्रो पालिका
सूर्योदयमा बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम

फिक्कल
इलामको सूर्योदय नगरपालिकामा प्रारम्भिक बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका  शिक्षा युवा तथा खेलकुद शाखाको स्वीकृत कार्यक्रम अनुसार प्रारम्भिक बाल शिक्षकका लागि ३ दिने मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको हो ।
झापाबाट आउनु भएका दिप्ता धमलाले प्रशिक्षण दिनु भएकोपहिलो समूहको तालिम सम्पन्न हिजो भए संगै आजबाट दोश्रो समुहको तालिम सुरु हुनेछ । तीन चरण ९ दिनमा नगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालयबाट बाल शिक्षक सहभागीता रहने गरी तालिम संचालन गरीने शाखाका स्रोत ब्यक्ति सुदर्शन खतिवडाले जानकारी दिनु भयो ।

TOP