जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदयमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सूर्योदयमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु

फिक्कलः पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान सूर्योदय नगरपालिकामा आजबाट शुरु भएको छ । नगरका ४५ वटा बिद्यालय १४ स्वास्थ्य संस्थामा अभियानकै रुपमा खोप कार्यक्रम शुरु गरीएको हो । अभियानको उद्घाटन गर्दै नगर प्रमुख रण बहादुर राईले अवको पुस्ताका छोरी चेलीले अकालमा ज्यान गुमाउनु नपर्ने बताउनु भयो ।
नगरको स्वास्थ्य शाखाले नगरका बिद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षा सम्मका किसोरी र बिद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समुहका किसोरीलाई खोप लगाउन शुरु गरेको स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो । उहाका अनुसार नगरका एक हजार आठ सय २८ जनालाई खोप लगाईने छ । जस अन्र्तगत आज पहिलो दिन ४१० जना(२२ प्रतिशत)लाई खोप लगाइएको छ ।
उक्त खोप आगामी बर्ष पनि कक्षा ६ देखिका बिद्यार्थीलाई निरन्तर लगाइने छ भने बिद्यालय बाहिर रहेका १० बर्ष देखि १४ बर्ष सम्मका अन्य किसोरीलाई पनि खोप लगाईने छ ।
‘सेकोलिन’ नामक उक्त भ्याक्सिन सिंगल डोजमा छ । फागुन ५ गते सम्म संचालन हुने छ । यस अघि फागुन २ गते सम्म संचालन हुने भनीए पनि ३ दिन थप गरीएको हो । यस अघि नै उक्त खोप सम्बन्धि तालिमा स्वास्थ्यकर्मीलाई दिई सकिएको छ । शाखाले प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम संचालन गरी अभियान संचालन गरेको छ । शाखा प्रमुख अधिकारीले पहिलो चरणमा एचपिभी खोप लगाउने, दोस्रो चरणमा स्क्रृनिङ गर्ने र तेस्रो चरणमा उपचार गर्ने गरी तीन चरणमा पाठेघरको मुखको क्यान्सको उपचार गर्न सकिने जानकारी दिनु भयो । सरकारले यो खोपलाई शतप्रतिशत प्रभावकारी भनेको छ । यो खोप लगाउदा अन्य कुनै प्रकारका असर नपर्ने समेत जनाइएको छ ।

TOP