पालिका विशेष दल त्यागेका माङसेबुङ उपाध्यक्ष नेम्बाङ र सन्दकपुर ४ वडाध्यक्ष गुरुङको पद गयो जीवनशैली नेपालको अस्तित्व,राष्ट्रियता र मौलिक पहिचानका लागि ‘हर्कवाद’ अध्यक्ष साम्पाङ जीवनशैली फिक्कलमा हाउजीबाट १६ लाख बचत, खेल मैदान निर्माणले गति लिने जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक
Hamropalika menu advertisement

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न सरकारी वार्ता टोली गठन

  • प्रकाशित मितिः November 23, 2026
  • हाम्रो पालिका
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न सरकारी वार्ता टोली गठन

फिक्कल: सरकारले ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ० क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।
वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्यलगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गर्नुभएको स्पष्ट पारेको छ ।
सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केवलकार सम्बन्धी नीति, कानून र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ ।
समस्या समाधानका लागि पहल अगाडि बढाइदिन यस मन्त्रालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको समेत मन्त्रालयले जनाएको छ । सो समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

TOP