जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

बिर्तामोडको आर.आर.पोलिक्लिनिकमा मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ सेवा सुरु

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
बिर्तामोडको आर.आर.पोलिक्लिनिकमा मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ सेवा सुरु

बिर्तामोड: झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको आर.आर. पोलिक्लिनिकले मधुमेह, थाइरोइड र हर्मोनसम्बन्धी रोगहरूको विशेषज्ञ सेवा सुरु गरेको छ। प्रतिष्ठित चिकित्सा संस्थाहरू पिजीआई चण्डीगढ र एम्स दिल्लीबाट विद्यावारिधि गरेका डा। प्रसिद्ध ढकालले यो सेवा उपलब्ध गराउन थालेका छन्।
क्लिनिकका संचालक महेन्द्र राईका अनुसार, डा. ढकालको आगमनले प्रदेश १ का बिरामीहरूलाई इन्सुलिन प्रयोग, सुगर नियन्त्रण, र गर्भावस्थाको मधुमेहजस्ता समस्याको प्रभावकारी उपचारमा ठूलो सहयोग पुग्नेछ। यसअघि, यस्ता सेवाका लागि बिरामीहरूलाई भारत जानुपर्ने बाध्यता थियो, जसले उनीहरूलाई ठूलो असुविधा गराउँदै आएको थियो।
पोलिक्लिनिकमा अब हाइपरथाइरोइडिजमको दीर्घकालीन उपचार, रेडियोएक्टिभ आयोडिन थेरापीको परामर्श, र हर्मोनसम्बन्धी सम्पूर्ण जाँच आफ्नै प्रयोगशालामा उपलब्ध हुनेछ। साथै, डायबेटिस एजुकेशन कार्यक्रम सञ्चालन गरिनेछ, जसमा बिरामीहरूलाई इन्सुलिनको प्रयोग विधि, रगतमा चिनी नियन्त्रणका तरिका, खानपान र व्यायामसम्बन्धी सुझावहरू दिइनेछ।यी अत्याधुनिक सेवाहरूले झापा तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत गर्ने पोलिक्लिनिकले विश्वास लिएको छ।

TOP