जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

बिर्तामोडको आर.आर.पोलिक्लिनिकमा मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ सेवा सुरु

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
बिर्तामोडको आर.आर.पोलिक्लिनिकमा मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ सेवा सुरु

बिर्तामोड: झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको आर.आर. पोलिक्लिनिकले मधुमेह, थाइरोइड र हर्मोनसम्बन्धी रोगहरूको विशेषज्ञ सेवा सुरु गरेको छ। प्रतिष्ठित चिकित्सा संस्थाहरू पिजीआई चण्डीगढ र एम्स दिल्लीबाट विद्यावारिधि गरेका डा। प्रसिद्ध ढकालले यो सेवा उपलब्ध गराउन थालेका छन्।
क्लिनिकका संचालक महेन्द्र राईका अनुसार, डा. ढकालको आगमनले प्रदेश १ का बिरामीहरूलाई इन्सुलिन प्रयोग, सुगर नियन्त्रण, र गर्भावस्थाको मधुमेहजस्ता समस्याको प्रभावकारी उपचारमा ठूलो सहयोग पुग्नेछ। यसअघि, यस्ता सेवाका लागि बिरामीहरूलाई भारत जानुपर्ने बाध्यता थियो, जसले उनीहरूलाई ठूलो असुविधा गराउँदै आएको थियो।
पोलिक्लिनिकमा अब हाइपरथाइरोइडिजमको दीर्घकालीन उपचार, रेडियोएक्टिभ आयोडिन थेरापीको परामर्श, र हर्मोनसम्बन्धी सम्पूर्ण जाँच आफ्नै प्रयोगशालामा उपलब्ध हुनेछ। साथै, डायबेटिस एजुकेशन कार्यक्रम सञ्चालन गरिनेछ, जसमा बिरामीहरूलाई इन्सुलिनको प्रयोग विधि, रगतमा चिनी नियन्त्रणका तरिका, खानपान र व्यायामसम्बन्धी सुझावहरू दिइनेछ।यी अत्याधुनिक सेवाहरूले झापा तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत गर्ने पोलिक्लिनिकले विश्वास लिएको छ।

TOP