खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

इलामका तामाङ सामुदायले डम्फु र टुंङ्नाको संरक्षण गर्दै

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
इलामका तामाङ सामुदायले डम्फु र टुंङ्नाको संरक्षण गर्दै

प्रेम अधिकारी,फिक्कल:

इलामको फाकफोकथुमका दिपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुंङ्ना बनाउन भ्याई नभ्याई छ । आफनो जातिको संस्कार र संस्कृति झल्कने डम्फु र टुंङ्ना बनाउन उहाहरु लाग्नु भएको निक्कै दिन भैसक्यो ।
स्थानीय स्रोत साधनको प्रयोग गरी घरेलु तरिकाबाट डम्फु र टुंङ्ना बनाउने काम फाकफोकथुमको कोल्बोटेमा भैरहेको छ । स्थानीय पदम तामाङ भन्नु हुन्छ‘नयाँ पुस्ताले आफनो संस्कार , संस्कृती भुली सके, नयाँ पुस्तालाई संस्कार संस्कृति सिकाउनका लागि हामीले डम्फु र टुंङ्ना बनाएका हौ ।’
अहिले जिल्लाको फाकफोक सहित सूर्योदय नगरपालिका, र देउमाई नगरपालिकामा पनि तामाङ समुदायमा डम्फु र टुंङ्ना बनाउने काम धमाधम भैरहेको छ । माघ १७ गते तामाङ समुदायले इलाम बजारमा सोनाम ल्होच्छार २०८१ भब्य रुपमा माउनका लागि सांस्कृतिक पुनःजागरण अभियानको प्रारम्भ गर्दै छ । जसका लागि जिल्लाभरबाट १०० थान डम्फु र १० थान टुङ्ना निर्माण गरी प्रदर्शन गर्ने तयारी गरीएको नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति इलामका सचिव इश्वरी तामाङ्ले जानकारी दिनु भयो ।
२८६१ औं नयाँ बर्ष अर्थात सर्प बर्ष (सा पख्री)को अवसरमा इलाममा तामाङ समुदायले आफनो संस्कार संस्कृति जोगाउनका लागि सांस्कृतिक पुनः जागरण अभियान थाल्न लागेको सचिव तामाङले जानकारी दिनु भयो । ‘आधुनिकताको बिकास संगै तामाङ समुदायले आफनो पहिचान नै बिर्सीएको हुदा त्यसको संरक्षणका लागि अभियान संचालन गरीएको हो’सचिव तामाङले भन्नु भयो ।
इलामका १० वटै पालिकाबाट डम्फु र टुङ्ना सहित आफनो भेषभुषामा सजिएर उक्त दिन तामाङ समुदायले नयाँ बर्ष मनाउनका साथै संस्कृति जागरण अभियान थाल्ने नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति इलामका अध्यक्ष दावा तामाङले जानकारी दिनु भयो । तामाङ समुदायमा शुभकार्य र मरिमराउमा समेत डम्फु र टुङ्ना बजाउने गरीन्छ । इलाम जिल्लामा २० हजारको हाराहारीमा तामाङ समुदायको बसोबास रहेको छ । जिल्लाको तथ्याङ्क अनुसार यो संख्या इलाममा रहेका जातजाती मध्ये तेस्रो ठूलो संख्या रहेको छ ।

TOP