प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामका तामाङ सामुदायले डम्फु र टुंङ्नाको संरक्षण गर्दै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलामका तामाङ सामुदायले डम्फु र टुंङ्नाको संरक्षण गर्दै

प्रेम अधिकारी,फिक्कल:

इलामको फाकफोकथुमका दिपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुंङ्ना बनाउन भ्याई नभ्याई छ । आफनो जातिको संस्कार र संस्कृति झल्कने डम्फु र टुंङ्ना बनाउन उहाहरु लाग्नु भएको निक्कै दिन भैसक्यो ।
स्थानीय स्रोत साधनको प्रयोग गरी घरेलु तरिकाबाट डम्फु र टुंङ्ना बनाउने काम फाकफोकथुमको कोल्बोटेमा भैरहेको छ । स्थानीय पदम तामाङ भन्नु हुन्छ‘नयाँ पुस्ताले आफनो संस्कार , संस्कृती भुली सके, नयाँ पुस्तालाई संस्कार संस्कृति सिकाउनका लागि हामीले डम्फु र टुंङ्ना बनाएका हौ ।’
अहिले जिल्लाको फाकफोक सहित सूर्योदय नगरपालिका, र देउमाई नगरपालिकामा पनि तामाङ समुदायमा डम्फु र टुंङ्ना बनाउने काम धमाधम भैरहेको छ । माघ १७ गते तामाङ समुदायले इलाम बजारमा सोनाम ल्होच्छार २०८१ भब्य रुपमा माउनका लागि सांस्कृतिक पुनःजागरण अभियानको प्रारम्भ गर्दै छ । जसका लागि जिल्लाभरबाट १०० थान डम्फु र १० थान टुङ्ना निर्माण गरी प्रदर्शन गर्ने तयारी गरीएको नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति इलामका सचिव इश्वरी तामाङ्ले जानकारी दिनु भयो ।
२८६१ औं नयाँ बर्ष अर्थात सर्प बर्ष (सा पख्री)को अवसरमा इलाममा तामाङ समुदायले आफनो संस्कार संस्कृति जोगाउनका लागि सांस्कृतिक पुनः जागरण अभियान थाल्न लागेको सचिव तामाङले जानकारी दिनु भयो । ‘आधुनिकताको बिकास संगै तामाङ समुदायले आफनो पहिचान नै बिर्सीएको हुदा त्यसको संरक्षणका लागि अभियान संचालन गरीएको हो’सचिव तामाङले भन्नु भयो ।
इलामका १० वटै पालिकाबाट डम्फु र टुङ्ना सहित आफनो भेषभुषामा सजिएर उक्त दिन तामाङ समुदायले नयाँ बर्ष मनाउनका साथै संस्कृति जागरण अभियान थाल्ने नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति इलामका अध्यक्ष दावा तामाङले जानकारी दिनु भयो । तामाङ समुदायमा शुभकार्य र मरिमराउमा समेत डम्फु र टुङ्ना बजाउने गरीन्छ । इलाम जिल्लामा २० हजारको हाराहारीमा तामाङ समुदायको बसोबास रहेको छ । जिल्लाको तथ्याङ्क अनुसार यो संख्या इलाममा रहेका जातजाती मध्ये तेस्रो ठूलो संख्या रहेको छ ।

TOP