जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

दुबै मृगौला फेल भएका फिक्कलका प्रेम बिनोदको उपचारका लागि सहयोग जुटाइदै

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
दुबै मृगौला फेल भएका फिक्कलका प्रेम बिनोदको उपचारका लागि सहयोग जुटाइदै

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलका ४० बर्षीय प्रेम बिनोद शाह दुबै मृर्गौला फेल भए पछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत हुनुहुन्छ । दुबै मृर्गौला फेल भएर करिव २ बर्ष देखि थलापर्नु भएका शाहको जायजेथा अहिले सम्मको उपचारमा सकिएको छ । आर्थिक अवस्था कमजोर भएका शाह परिवार यतिबेला आर्थिक स्रोत जुटाउन सबै संग अपिल गरीरहेको छ । मृर्गौला प्रत्यारोपण गर्नु पर्ने भएपछि बिरामी शाहकी श्रीमती सपना शाह आफनौ मृर्गौला श्रीमानलाई दिएर श्रीमान बचाउन लागि रहनु भएको छ । शाह परिवारमा केहि बर्ष अघि आमाको क्यान्सरका कारण र बुबाको हृदयघातका कारण मृत्यु भएको थियो । शाह परिवारका दुई जना बच्चा रहेका छन । सपनालाई एकातिर श्रीमानको उपचार गराउनु पर्ने छ भने अर्को तर्फ काखमा रहेका दुई बच्चाको लालनपालन शिक्षा दिक्षाको जिम्मेवारी पनि छ । श्रीमानको उपचार गराएर बस्नु भएकी सपना भन्नु हुन्छ‘हाम्रो परिवारमा अहिले बज्र परेको छ, सबैलाई सहयोगका लागि अपिल गर्दछु ।’
सूर्योदय नगरपालिका वडा नं. १० ले २०८० चैत्र १४ गते नै शाहको आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोग जुटाउनका लागि वडाले पत्र दिएको थियो । शाहको उपचारमा कविर १५ लाख खर्च लाग्ने सूर्योदय १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनु भयो । शुरुमा अस्पतालमा ६ लाख रुपैया धरौटी बापत राख्नु पर्ने छ ।
शाहको उपचारमा सहयोग गर्न आर्थिक सहयोग जुटाउने अभियान शुरु गरीएको छ । फिक्कलका सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्तिको सक्रियतामा आर्थिक सहयोग जुटाउन थालिएको हो । शाहको उपचारका लागि श्री कनका माई टोल बिकास संस्थाले १ लाख ५० हजार रुपैया सहयोग गरेको छ ।  उक्त टोलबासी शाहको ज्यान बचाउनका लागि संस्थाले उक्त रकम सहयोग गरेको टोल बिकासका अध्यक्ष प्रदिप नारायण शैजुले जानकारी दिनु भयो । शुरु देखि नै सनराइज बोर्डिङ स्कुलकी फाउण्डर बन्दना थापा र सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख प्रमुख तारा शेर्पाले सहयोग गरीरहनु भएको छ ।
फिक्कलमा अहिले आर्थिक सहयोग संकलन गर्ने काम भैरहेको अभियान्ता साधना फागोले जानकारी दिनु भयो । उहाले ब्यक्तिगत र संस्थागत रुपमा शाहको ज्यान बचाउनका लागि सहयोग जुटाउने काम थालिएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘एक दुई जना ब्यक्ति लागेर सम्भव छैन, बिदेशमा रहेका सामाजिक क्षेत्रमा काम गर्ने नेपालीलाई समेत सहयोग मागी रहेका छौ ।’ उहाले केहि दिन भित्रमै समुह नै भएर आर्थिक सहयोग संकलनमा लाग्ने जानकारी दिनु भयो । प्रेम बिनोद शाहको उपचारमा सहयोग गरी ज्यान बचाउनका लागि हाम्रो पालिका डटकम परिवार समेत सबैमा आग्रह गर्दछ ।

TOP