जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

नेशनल लघुवित्तको अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
नेशनल लघुवित्तको अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

फिक्कल: नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यलय पशुपतिनगरले अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सूर्योदय नगरपलिकाको फिक्कलमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको इजाजत प्राप्त नेशनल लघुवित्त वित्तीय संस्थाको अध्यक्ष भेला सूर्योदय नगरपलिका वडा नम्बर १२ का वडाध्यक्ष डोलेन्द्र भारद्वजको प्रमुख अतिथ्यतामा उद्घाटन गरीएको थियो ।
शाखा कार्यलय पशुपतिनगरका शाखा प्रबन्धक मनोज प्रशाद अधिकारीले संस्थाका आफ्ना सदस्यलाई वित्तिय कारेबारमा दक्ष बनाउने उद्देश्यले वार्षिक रुपमा कार्यशाला गोष्ठि तथा साक्षरता गर्ने गरेको बताउनु भयो ।संस्थाका अनुगमन प्रमुख पृथक सिहं खत्रीले संस्थाको संरचना बारे स्पष्ट पार्दै इलाममा, इलाम नगर र पशुपतिनगर कार्यक्षेत्र रहेको बताउनुभयो । उहाँले संस्थाको केन्द्रीय कार्यलय बनेपामा रहेको जानकारी दिनुभयो । सरकारको नीति अनुसा हाल चारवटा संस्था मिलेर नेशनल लघुवित्त बनेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १२ का वडा अध्यक्ष डोरेन्द्र भारद्वज , वडा नम्बर ६ का अध्यक्ष शिवकुमार बस्नेत, जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोला ,प्रहरी चौकी फिक्कलका प्रमुख विष्णु सापकोटाले शुभकामना मन्तव्य राख्दै लघुवित्त प्रतिको मानिसको भावनामा भैरहेको नकारात्मक परिर्वनलाई यस्तै कार्यक्रमले चिरेर लैजाने बताउनु भयो । उहाँहरुले ऋृणिले नतिर्ने भन्न नहुने र संस्थाले पनि भाका भन्दा पनि पस्थिति अनुशार सरल अवसर दिँदै उठाउनु पर्ने सुझाव दिनुभयो । संस्थाकी सदस्य ममता राईको अध्यक्षतामा भएको कार्यक्रममा कोलबुङ शाखा प्रबन्धक टेक नाथ अधिकारी, गोर्खे ,समाल्बुङ ,अन्तु , लक्ष्मिपुर , आइतबारे , गोदक लगायतका स्थाबाट ६० जना बढी सदस्यको सहभागिता रहेको थियो ।

TOP