जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

नयाँबजारको अमर कल्याण माबिमा सभाहलको उद्घाटन

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
नयाँबजारको अमर कल्याण माबिमा सभाहलको उद्घाटन

माइजोगमाई: इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको अमर कल्याण नमुना माध्यमिक बिद्यालयको सभाहलको आज उद्घाटन गरीएको छ । आर्थिक बर्ष २०७६÷०७७ बाट निर्माण सुरू भएको सभाहलको आज एक कार्यक्रमको बिच माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
माईजोगमाई गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ मा १० लाख , आर्थिक बर्ष २०८०/०८१ मा २० लाख र आर्थिक बर्ष २०८१/०८२ मा ५ लाख गरी कुल लागत ३५ लाख र स्थानीय बिद्यालयको स्रोतबाट ३ लाख २३ हजार ९ सय ७५ रूपैया १२ पैसा गरी जम्मा लागत ३८ लाख २३ हजर ९ सय ७५ रूपैया १२ पैसामा निर्माण गरिएको सभाहलमा ३०० जना अटाउन सकिने क्षमता छ ।
गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा सभा हलको अभाव हुदा विभिन्न कार्यक्रम गर्न समस्या हुने गरेको थियो । तर ,नयाँबजारमा सभा हल निर्माण भएपछि बिभन्न किसिमका कार्यक्रम संचालन गर्नको लागि सहज भएको छ ।सभाहलमा हलको लागि स्टेज निर्माण , ३०० जना अटाउन सकिने कुर्सी ,सोफासेट , साउण्ड सेट , लगायतको ब्यवस्था समेत गरिएको छ ।
कार्यक्रमको अवसरमा माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सफल हुने बिद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।बिद्यालयमा स्थापना भएको बेममाया स्मृति अक्षयकोषबाट बिद्यालयका बिद्यार्थी अजयदेव फागो र शर्मिला गुरूङलाई छात्रबृद्दि प्रदान समेत गरिएको थियो ।
सभाहल अमर कल्याण नमुना माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष याम कुमार कार्कीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यतार , माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यतामा सभाहलको उद्घाटन गरिएको थियो ।

TOP