खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

नयाँबजारको अमर कल्याण माबिमा सभाहलको उद्घाटन

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
नयाँबजारको अमर कल्याण माबिमा सभाहलको उद्घाटन

माइजोगमाई: इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको अमर कल्याण नमुना माध्यमिक बिद्यालयको सभाहलको आज उद्घाटन गरीएको छ । आर्थिक बर्ष २०७६÷०७७ बाट निर्माण सुरू भएको सभाहलको आज एक कार्यक्रमको बिच माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
माईजोगमाई गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ मा १० लाख , आर्थिक बर्ष २०८०/०८१ मा २० लाख र आर्थिक बर्ष २०८१/०८२ मा ५ लाख गरी कुल लागत ३५ लाख र स्थानीय बिद्यालयको स्रोतबाट ३ लाख २३ हजार ९ सय ७५ रूपैया १२ पैसा गरी जम्मा लागत ३८ लाख २३ हजर ९ सय ७५ रूपैया १२ पैसामा निर्माण गरिएको सभाहलमा ३०० जना अटाउन सकिने क्षमता छ ।
गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा सभा हलको अभाव हुदा विभिन्न कार्यक्रम गर्न समस्या हुने गरेको थियो । तर ,नयाँबजारमा सभा हल निर्माण भएपछि बिभन्न किसिमका कार्यक्रम संचालन गर्नको लागि सहज भएको छ ।सभाहलमा हलको लागि स्टेज निर्माण , ३०० जना अटाउन सकिने कुर्सी ,सोफासेट , साउण्ड सेट , लगायतको ब्यवस्था समेत गरिएको छ ।
कार्यक्रमको अवसरमा माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सफल हुने बिद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।बिद्यालयमा स्थापना भएको बेममाया स्मृति अक्षयकोषबाट बिद्यालयका बिद्यार्थी अजयदेव फागो र शर्मिला गुरूङलाई छात्रबृद्दि प्रदान समेत गरिएको थियो ।
सभाहल अमर कल्याण नमुना माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष याम कुमार कार्कीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यतार , माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यतामा सभाहलको उद्घाटन गरिएको थियो ।

TOP