जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै

फिक्कल: इलामको रोङ गाउँपालिकाले अविभावक शिक्षा प्रभावकारी बनाउन मोवाइल एप(डिजिटल) प्रर्णालीको शुरु गरेको छ । गाउँपालिका भित्रका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अविभावकलाई बिद्यालय प्रति रुचि बढाउनका लागि मासिक रुपमा अविभावक पढाउदै आएको गाउँपालिकाले अविभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोवाइल एप(डिजिटल) प्रर्णालीको शुरु गरेको हो ।
पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले वाल स्याहार , घरबाटै शिक्षा दिन र वालवालिकाको स्वास्थ्य सुधारका लागि मोवाईल एप निर्माण गरी अविभावकको सबै विवरण एपबाटै अध्यवधिक गर्न शुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुती तामाङले जानकारी दिनु भयो ।
प्रयास प्रारम्भको प्राविधिक सहयोगमा अविभावकको सबै विवरण राख्ने गरी निर्माण गरीएको मोवाइल एप नेपालमै फरक र पहिलो अविभावक शिक्षा सम्बन्धिको एप भएको प्रयास प्रारम्भका बिज्ञ लोकप्रिय खनालले जानकारी दिनु भयो । अविभावक शिक्षामा सहजकर्ताको समेत काम गरी रहनु भएका खनालले रोङमा मात्र नभई देशका अन्य पालिकालाई समेत काम लाग्ने गरी एप निर्माण गरीएको जानकारी दिनु भयो । ‘प्रविधिको प्रयोगले शिक्षकको समय बचत गर्न र त्यो समय उहाहरुले बिद्यालयका अन्य काममा खर्चन सक्नु हुन्छ’खनालले भन्नु भयो ।
अविभावक उपस्थिति र मुल्याङ्कनको मापन गर्ने गरी तयार गरीएको मोवाइल एप शिक्षा शाखा, सहजकर्ता शिक्षक र बिद्यालयले प्रयोग गर्ने गरी निर्माण गरीएको छ । उक्त एपमा बिद्यार्थी नियमित भए÷नभएको, अविभावले बिद्यार्थीको पढाइबारे बिद्यालयमा चासो राखे÷नराखेको सबै जानकारी थाहा पाउन सकिन्छ ।
गाउँपालिकाले एक बर्ष अघि देखि कार्यविधि नै बनाएर सामुदायिक बिद्यालयका बिद्यार्थीका अविभावकलाई महिनामा एक पटक बिद्यालयमा भेला पारेर अविभावक शिक्षा दिदै आएको छ । गाउँपालिकाले महिनामा एक दिन अविभावक अनिवार्य बिद्यालयमा आएर अविभावक शिक्षा लिनु पर्ने र त्यो दिन बिद्यार्थीले घरमा बसेर अविभावकको काम गर्नु पर्ने बाध्यकारी कानुन नै निर्माण गरेको छ ।
हाल सम्म गाउँपालिकाका ३० वटा सामुदायिक बिद्यालयमा अध्ययरत दुई हजार तीन सय बिद्यार्थीका अविभावक मध्ये एक हजार तीन सय बढीलाई अविभावक शिक्षा दिइ सकेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो । उहाले अविभावक दर्ता, हाजीरी, अविभावकको शैक्षिक मुल्याङ्कन, हाजीरी प्रतिवेदन, मुल्याङ्कन प्रतिवेदन र अविभावक परिचय पत्र समेत एपबाटै अध्ययन गर्न सकिने भएकाले पछिल्लो समय सामुदायिक बिद्यालय प्रति अविभावकको रुची बढ्न थालेको जानकारी दिनु भयो । अध्यक्ष स्याङ्बोले भन्नु भयो‘सामुद
ायिक बिद्यालयका बिद्यार्थी, शिक्षक र अविभावकमा एक रुपता ल्याउन सके मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ, त्यसकै लागि हामीले एप निर्माण गरी लागु गरेका हौ।’
गाउँपालिकाले शुरुमा ४० बढी शिक्षकलाई सहजकर्ता शिक्षकको रुपमा तालिम दिएर अविभावक शिक्षा शुरु गरेको थियो । पालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि आर्थिक बर्ष २०८१÷०८२मा २० करोड बढी लगानी गरेको छ । बिद्यालयको भौतिक संरचना देखि आईसीटी ल्याव र अविभावक शिक्षा लगायतमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यक्ष बिष्णुमाया भुजेलले जानकारी दिनु भयो ।
अविभावक शिक्षा संगै गाउँपालिकाले आमा समुहलाई सक्रिय बनाएको छ । आमा समुह परिचालन गरेर सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा काम थालिएको छ । पालिकाले कार्यविधि निर्माण गर्दै अविभावक परिचय पत्र, अविभावक शिक्षा, अनुगमन, मुल्याङ्कन, पुरस्कार र दण्ड सजायका बिषयमा स्पष्ट उल्लेख गरेको छ । अविभावक शिक्षा लागु भए पछि बिद्यार्थी नियमित बिद्यालय जाने, बिद्यार्थीको स्वास्थ्य र खानपानमा ख्याल पुग्ने गरेको रोङ ६ को सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिनु भयो ।

 

 

 

TOP