जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

‘किम्फ’ फिल्ममा रम्दै इलामेली

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
‘किम्फ’ फिल्ममा रम्दै इलामेली

फिक्कल: मुलधारका फिल्म हेर्ने होडबाजी चलिरहेको बेला इलाममा जनचेतना मुलक फिल्म देखाउन थालिएको छ । काठ्माण्डौ इन्टरनेशनल माउण्टेन नेशसन फिल्म फेस्टििवल (किम्फ पाउण्डेशन)ले बिभिन्न जनचेतना मुलक फिल्म र डकुमेन्ट्री देखाउन थालिएको हो ।
इलामको सूर्योदय नगरपालिकामा फाउण्डेशनले पहिलो महिला सगरमाथा आरोही पासाङ लमु शेर्पाको जिवनीमा आधारित फिल्म पासाङ इन द स्याडो अफ एभरेष्ट देखाइएको फाउण्डेशनका शेखर खरेलले जानकारी दिनु भयो । उहाले मुलधारका भन्दा फरक पन दिने गरी निर्माण गरीएका फिल्म र डकुमेन्ट्री इलाममा देखाइएको बताउनु भयो । ‘कला र शिक्षाप्रद फिल्म देखाउन पूर्व आएका छौ, फिल्म हेरेपछि केहि शिक्षा दिन्छ भन्ने लागेको छ ।’
फिल्म हेर्न स्थानीय संचारकर्मी , शिक्षा र बिद्यार्थी सहभागी हुनु भएको थियो । फाउण्डेशनले पासाङ इन द स्याडो अफ एभरेष्ट सहित, मोटी दुब्ली काली गोरी, लगायतका पाँचवटा फिल्म देखाईने फउण्डेशनका खरेलले जानकारी दिनु भयो । फिक्कलमा पत्रकार केदार शर्माले कार्यक्रमको संयोजन गर्नु भएको थियो भने इलाम बजारमा बिहिबार पत्रकार महासंघ इलामको संयोजनमा कार्यक्रम हुने छ ।
पासाङ इन द स्याडो अफ एभरेष्ट फिल्म हेरी सकेपछि फिक्कल माध्यमिक बिद्यालयका शिक्षक मात्रृका दाहालले केहि गरौ भन्ने उमेरका वालवालिकाका लागि महत्वपूर्ण हुने बताउनु भयो । फाउण्डेशनका खरेलले अहिलेको पाठ्यक्रमको बैकल्पिक स्रोतका रुपमा भिडियो भएको बताउनु भयो ।
फिल्म फिक्कल, इलाम हुँदै झापाको सुरुङ्गा, दमक , सुनरीको इटहरी र धरानमा पनि देखाइने छ । फाउण्डेशनले काठ्माण्डौंमा मुख्य फिल्म फेस्टिवल बर्सेनी गर्दै आएको छ ।

 

TOP