पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

‘किम्फ’ फिल्ममा रम्दै इलामेली

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
‘किम्फ’ फिल्ममा रम्दै इलामेली

फिक्कल: मुलधारका फिल्म हेर्ने होडबाजी चलिरहेको बेला इलाममा जनचेतना मुलक फिल्म देखाउन थालिएको छ । काठ्माण्डौ इन्टरनेशनल माउण्टेन नेशसन फिल्म फेस्टििवल (किम्फ पाउण्डेशन)ले बिभिन्न जनचेतना मुलक फिल्म र डकुमेन्ट्री देखाउन थालिएको हो ।
इलामको सूर्योदय नगरपालिकामा फाउण्डेशनले पहिलो महिला सगरमाथा आरोही पासाङ लमु शेर्पाको जिवनीमा आधारित फिल्म पासाङ इन द स्याडो अफ एभरेष्ट देखाइएको फाउण्डेशनका शेखर खरेलले जानकारी दिनु भयो । उहाले मुलधारका भन्दा फरक पन दिने गरी निर्माण गरीएका फिल्म र डकुमेन्ट्री इलाममा देखाइएको बताउनु भयो । ‘कला र शिक्षाप्रद फिल्म देखाउन पूर्व आएका छौ, फिल्म हेरेपछि केहि शिक्षा दिन्छ भन्ने लागेको छ ।’
फिल्म हेर्न स्थानीय संचारकर्मी , शिक्षा र बिद्यार्थी सहभागी हुनु भएको थियो । फाउण्डेशनले पासाङ इन द स्याडो अफ एभरेष्ट सहित, मोटी दुब्ली काली गोरी, लगायतका पाँचवटा फिल्म देखाईने फउण्डेशनका खरेलले जानकारी दिनु भयो । फिक्कलमा पत्रकार केदार शर्माले कार्यक्रमको संयोजन गर्नु भएको थियो भने इलाम बजारमा बिहिबार पत्रकार महासंघ इलामको संयोजनमा कार्यक्रम हुने छ ।
पासाङ इन द स्याडो अफ एभरेष्ट फिल्म हेरी सकेपछि फिक्कल माध्यमिक बिद्यालयका शिक्षक मात्रृका दाहालले केहि गरौ भन्ने उमेरका वालवालिकाका लागि महत्वपूर्ण हुने बताउनु भयो । फाउण्डेशनका खरेलले अहिलेको पाठ्यक्रमको बैकल्पिक स्रोतका रुपमा भिडियो भएको बताउनु भयो ।
फिल्म फिक्कल, इलाम हुँदै झापाको सुरुङ्गा, दमक , सुनरीको इटहरी र धरानमा पनि देखाइने छ । फाउण्डेशनले काठ्माण्डौंमा मुख्य फिल्म फेस्टिवल बर्सेनी गर्दै आएको छ ।

 

TOP