जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित

इलाम :  निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल विजयी भएका छन् । उनले १०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निरोज राउतले ७७ मत प्राप्त गरेका छन् । राजकुमार भक्तराजले ५३ मत पाए ।

संघको बरिष्ठ उपाध्यक्षमा नवीन तामाङ बिजयी भएका छन् । उनले प्रमोद शेर्पा वाङ्दीलाई पराजित गरेका छन् । तामाङले १२३ मत पाउँदा शेर्पाले १०५ मत पाए । उपाध्यक्षमा सृजन देवान विजयी भएका छन् । उनले १३३ मत पाउँदा दिनेश शेरजंग खड्काले ८८ मत पाए ।

कोषाध्यक्षमा पुष्कर बुर्जा विजयी भएका छन् । उनले १३५ मत पाउँदा सन्तोष भक्तराजले ९५ मत पाए । सदस्यमा सुप्रिम राई, प्रितम लिम्बू, ज्ञान बहादुर प्रधान, गञ्ज बहादुर प्रधान, खगेन्द्र बुढाथोकी र रोशन महत विजयी भएका छन् ।

संघको महिला उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरज अधिकारी र सचिवमा सूर्यमान कार्की निर्विरोध निर्वाचित भएका छन्  । सदस्यहरुमा सुप्रिम राई, प्रितम लिम्बु, गञ्जु प्रधान, रोशन महत, ज्ञान बहादुर प्रधान र खगेन्द्र बुढाथोकी निर्वाचित हुनु भएको छ ।
लेखा समिति संयोजकमा निल बहादुर चौहान , सदस्यमा जीवन शर्मा र सुरेन भण्डारी चयन हुनु भएको छ । ३ सय ६ मतदाता रहेको भनिएको निर्वाचनमा २ सय ३७ मत मात्रै खसेको थियो ।

TOP