जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित

इलाम :  निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल विजयी भएका छन् । उनले १०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निरोज राउतले ७७ मत प्राप्त गरेका छन् । राजकुमार भक्तराजले ५३ मत पाए ।

संघको बरिष्ठ उपाध्यक्षमा नवीन तामाङ बिजयी भएका छन् । उनले प्रमोद शेर्पा वाङ्दीलाई पराजित गरेका छन् । तामाङले १२३ मत पाउँदा शेर्पाले १०५ मत पाए । उपाध्यक्षमा सृजन देवान विजयी भएका छन् । उनले १३३ मत पाउँदा दिनेश शेरजंग खड्काले ८८ मत पाए ।

कोषाध्यक्षमा पुष्कर बुर्जा विजयी भएका छन् । उनले १३५ मत पाउँदा सन्तोष भक्तराजले ९५ मत पाए । सदस्यमा सुप्रिम राई, प्रितम लिम्बू, ज्ञान बहादुर प्रधान, गञ्ज बहादुर प्रधान, खगेन्द्र बुढाथोकी र रोशन महत विजयी भएका छन् ।

संघको महिला उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरज अधिकारी र सचिवमा सूर्यमान कार्की निर्विरोध निर्वाचित भएका छन्  । सदस्यहरुमा सुप्रिम राई, प्रितम लिम्बु, गञ्जु प्रधान, रोशन महत, ज्ञान बहादुर प्रधान र खगेन्द्र बुढाथोकी निर्वाचित हुनु भएको छ ।
लेखा समिति संयोजकमा निल बहादुर चौहान , सदस्यमा जीवन शर्मा र सुरेन भण्डारी चयन हुनु भएको छ । ३ सय ६ मतदाता रहेको भनिएको निर्वाचनमा २ सय ३७ मत मात्रै खसेको थियो ।

TOP