माइजोगमाई: इलामको माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । माईजोगमाई ४ नामसालिङमा रहेको नेपाल ज्योति माबिको प्राङ्गणमा कार्यक्रम समापन भएको हो ।
माइजोगमाई गाउँपालिका भित्रका १ निजि बिद्यालय र ८ वटा सामुदायिक बिद्यालयको सहभागिता रहेको कार्यक्रममा मार्च पास , भलिभल , तथा एट्लेटिक्स तर्फका बिभिन्न खेल सम्पन्न भएको छन् ।माईजोगमाई गाउँपालिकाको आर्थिक लगानिमा बिद्यालयको खेल मैदानलाई निर्माण गरेर उक्त खेल मैदानमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचनलन भएको थियो ।गत बर्षको राष्ट्रपति रनिङशिल्डमा नेपाल ज्योति माबिले झण्डा प्राप्त गरेको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगि दाताहरुलाई सम्मान गरिएको छ । बिभिन्न क्षेत्रमा बिभिन्न बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ ।
माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा संचालित मार्च पासमा शुभकन्या बोडिङ स्कुलले आफ्नो जित हासिल गरेको थियो । भलिभल तर्फ नामसालिङ माबिले १ स्वर्ण , अमर कल्याण माबिले १ स्वर्ण , नेपालज्योति माबि र प्याङ माबिले १÷१ रजत हात पारेका थिए । एथलेटिक्स तर्फ नेपाल ज्योति माबिले ५ स्वर्ण ६ रजत र ५ कास्य पदक हात पार्यो भने नामसालिङ माबिले ९ स्वर्ण ८ रजत र ४ कास्य पदक , अमर कल्याण माबिले ८ स्वर्ण ३ रजत ६ कास्य पदक , सिरिसे माबिले ३ स्वर्ण ६ रजत र २ कास्य पदक , सरस्वति माबिले १ स्वर्ण र २ कास्य पदक , प्याङ माबिले २ रजत र ३ कास्य पदक , ज्ञानोदय माबिले १ रजत र ३ कास्य पदक शिवमाई माबिले कुनै पनि पदक जित्न सकेन र शुभकन्य माबिले १ कास्य पदक जित्न सफल भएको थियो ।गत बर्ष पनि नामसालिङ माबिले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जित्न सफल भएकोमा यस बर्षको जित पनि नामसालिङ माबिले नै जितलाई सुरक्षित गर्न सफल भएको छ ।
कार्यक्रम नेपाल ज्योति माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर देवानको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा माईजोगमाई गाउँपालिका वडा नं ३ का वडाध्यक्ष राम घिमिरे ,वडा नं ४ का वडाध्यक्ष डुरन देवान लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष थेवेले उक्त प्रतियोगिता संचालनले बिद्यार्थीलाई खेलकुदमा लाग्न प्रेरित गरेको बताउनु भयो । गाउँपालिका उपाध्यक्ष राईले गाउँपालिकाले असल नियतले संचालित सबै कार्यक्रमलाई सहयोग गर्ने बताउनु भयो । उहाले भन्नु भयो‘गरेका काम र राम्रा कामलाई राम्रो भन्न पनि सक्नु पर्छ, यस पटक नामसालिङले उत्कृष्ठ काम गर्न सफल भएको छ ।