कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

झण्डी डाँडामा पर्यटन समिति गठन

  • प्रकाशित मितिः November 8, 2025
  • हाम्रो पालिका
झण्डी डाँडामा पर्यटन समिति गठन

रोङ : इलामको रोङ–६ रम्भ्याङस्थित पर्यटकीय स्थल झण्डी डाँडाको पर्यटन प्रवर्दन गर्न झण्डी डाँडा पर्यटन प्रवर्दधन तथा ब्यवस्थापन समिति गठन भएको छ । रम्भ्याङको धजे भञ्ज्याङमा ६ नम्बर वडा कार्यालय द्वारा आयोजित एक भेलाले स्थानीय अगुवा डम्बर बहादुर राईको अध्यक्षतामा समिति गठन गरिएको हो ।

नव गठित समितिको सदस्य सचिव रन्जित राई, वडा प्रतिनिधि जीवन राई, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधि जीवन प्रधान, स्वयंसेविका डुकिमाया प्रधान राई, सामुदायिक बन प्रतिनिधि प्रेम कुमारी खड्का चयन भएका छन् ।समितिले झण्डी डाडा पर्यटनको प्रवर्दन र विकास, चेतना बिकास, पर्यापर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटनलगायत अगाडि बढाउन दर्ता प्रक्रिया अगाडि बढाउने सदस्य सचिव राईले बताए ।भेला रम्भ्याङ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष आशिष प्रधानको अध्यक्षता र वडा अध्यक्ष सत्यम राई चौरासेको प्रमुख  आथित्यतामा सम्पन्न भएको थियो ।

TOP