जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

रोङ गाउँपालिकामा ६५ जनाको आँखाको निःशुल्क शल्यक्रिया

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकामा ६५ जनाको आँखाको निःशुल्क  शल्यक्रिया

गोविन्द पौडेल ,रोङ :

इलामको रोङ गाउपालिकामा ६५ जनाको आँखाको नि :शुल्क शल्यक्रिया सम्पन्न भएको छ। बिराटनगर आँखा अस्पताल को प्राबिधिक सहयोग , नेत्र ज्योती संघ र रोङ गाउँपालिकाको आयोजनामा गत साउन देखी ४५ दिन लगाएर टोलटोलमा आँखा रोगिको खोजीगरि शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको थियो । रोगिहरुको लागि मसिर ८,९ र १० गते स्वास्थ्य चौकि हरकटेमा यातायात र आवास सहितको ब्यवस्था गरिआँखा शिबिरमा ६५ जनाको शल्यक्रिया गरिएको रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।
शिबिर सम्पन्न गर्न सहयोग पुर्‍याउने चिकित्सक,स्वास्थ्य कर्मी,जनप्रतिनिधिहरु,यातायात ब्यवसायि कर्मचारीहु सबै प्रति आभार ब्यक्त गरेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले वताए । १ सय ७९ जनाको शल्यकृया गरिने लक्ष्य अनुरुपको उपस्थिति कम भएको ले अलिक खल्लो लागेको र यसको कारण सिहितको समिक्षा हुने शाखा प्रमुख काफ्लेले बताए ।

TOP