जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाका जनप्रतिनिधिलाई क्षमता बिकास तालिम

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाका जनप्रतिनिधिलाई क्षमता बिकास तालिम

फिक्कल
माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका जनप्रतिनिधिका लागि तीन दिने क्षमता बिकास तालिम शुरु भएको छ । दुई पालिकाका जनप्रतिनिधिका लागि जनप्रतिनिधिको स्थानीय सरकारको काम कर्तब्य अधिकार तथा न्यायिक ब्यवस्था सम्बन्धी तालिम सूर्योदय नगरपालिकामा शुरु भएको हो ।
सूर्योदय ८ को शान्तिचोकमा रहेको बिश्व होटलमा संचालित तालिममा दुई पालिकाका ४० बढी जनप्रतिनिधिको सहभागीता रहेको छ । इलाम नगरपालिकाकी प्रमुख बिष्णु दाहालको अध्यक्षता तथा रोङ गाउँपापलका प्रमुख मनिकुमार स्याङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले स्वागत मन्तब्य राख्नु भएको थियो । उपाध्यक्ष राईले आफनो अधिकार कर्तब्य बुझेर काम गर्दा जनप्रतिनिधिले जनताका काममा न्यायिक निरुपण दिन सक्ने भएकाले तालिम संचालन गरीएको जानकारी दिनु भयो ।

स्थानीय सरकारको काम कर्तब्य र अधिकारको क्षेत्रका बिज्ञ काशीराज दाहालले प्रशिक्षण दिनु भएको कार्यक्रमका प्रमुख अतिथि स्याङबोले हिजोका दिनमा झगडा गर्नेहरु आज न्यायिक समिति सम्झेर नागरिक बिश्वास गरेर आउने गरेको बताउनु भयो । उहाले न्यायिक समिति पालिकामा संचालन हुँदा अदालतमा मुद्धाको चाङ घटेको बताउनु भयो ।


उहाले न्यायिक समितिले कानुनका धारा मात्र नहेरेर ब्यवहारिकता समेत हेरीने भएकाले न्यायिक समिति प्रति जनताका बिश्वास बढेर गएको बताउनु भयो । उहाले भन्नु भयो‘बौद्धिक योजनाकारले काठ्माण्डौका एसी महलमा महलमा बसेर कोरीएका योजनाले गाउँमा छुन सकेको छैन ।’ रकम बिनै गर्न सकिने काम धेरै भए पनि ती प्रकृतिका योजना बन्न नसकेको बताउनु भयो ।
कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, सूर्योदयका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बराल, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खड्का , रोङ गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवालसे बोल्नु भयो । उपाध्यक्ष खवासले न्यायिक समितिमा आइपुग्नु पर्ने मुद्दा वडाध्यक्षले अधिकार मिचेर वडामै मिलाउने गरेको बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षक दाहालले स्थानीय सरकार अधिकार सम्पन्न भएका कारण आफनो अधिकार र कर्तब्य बुझेर काम गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमी अध्यक्ष दाहालले पालिका भित्र कार्यक्रम गर्दा जनप्रतिनिधिले समय नदिइने भएकाले अन्तरपालिका कार्यक्तम ब्यवस्थापन गर्नु परेको बताउनु भयो ।

TOP