पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

इलाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
इलाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

इलाम: इलाम सदरमुकाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । इलाम उद्योग बाणिज्य संघ र होटल ब्यबसायि संघ इलामले संयुक्त रुपमा चेस प्रतियोगिताको आयोजना गरेको हो । २४ जना खेलाडीले सहभागिता जनााएको प्रतियोगितामा काजी राई प्रथम हुनुभयो ।

अन्तिम पाँचौ राउण्डमा यामप्रसाद लिम्बूलाई पराजित गर्दै राईले प्रथम स्थान हासिल गर्दा श्रीकृष्ण लिम्बूले दोस्रो, खड्ग लिम्बू तेस्रो, मनिष पौडेल चौथो र तारानिधि घिमिरेले पाँचौं स्थान हासिल गर्नुभयो । यस्तै अन्य बिभिन्न बिधाबाट जम्मा ११ जना खेलाडी बिजयी भएका छन् । बिजयी भएका खेलाडीलाई भोलि सदरमुकाममै हुन लागेको होटल ब्यबसायी महासंघ कोशि प्रदेशको अधिबशन उद्घाटनमा पुरस्कार प्रदान गरीने हाटल ब्यबसायी संघ इलामका महासचिब प्रकाश चापागाइँले जानकारी दिनुभयो ।
पाँच राउण्डसम्म भएको प्रतियोगितामा जिल्ला च्याम्पियन देवी प्रसाद पौडेल ३ अंक जोड्दै छैठौं स्थानमा रहँदा बुद्धिचाल संघ इलामका पूर्व अध्यक्ष यामप्रसाद लिम्बू पनि ३ अंक बटुलेर ७ औं स्थानमा रहनु भयो ।पौडेललाई चौथो राउण्डमा मनिष पौडेल र पाँचौ राउण्डमा श्रीकृष्ण लिम्बूले पराजित गर्दा याम प्रसाद लिम्बूलाई तेस्रो राउण्डमा देवी पौडेल र पाँचौं राउण्डमा काजी राईले पराजित गर्नुभएको थियो ।

चेस खेलको बिकास संगै यस खेलप्रति खेलाडीको आकर्षण बढाउन होटल ब्यबसायि संघले यस प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाट महासंघका कोशि प्रदेश अध्यक्ष राजन दंगलले गर्नुभएको थियो ।पछिल्लो समय इलाममा यसखेलप्रति नयाँ नयाँ खेलाडी उत्पादन र जिल्लाका सबै पालिकाहरुमा बुद्धिचाल खेलको बिस्तार बढेसंगै खेलाडीहरुको आकर्षण पनि बढदै गएको हो । प्रतियोगिता स्विस लिगको आधारमा खेलाइएको थियो ।

TOP