जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

इलाम: इलाम सदरमुकाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । इलाम उद्योग बाणिज्य संघ र होटल ब्यबसायि संघ इलामले संयुक्त रुपमा चेस प्रतियोगिताको आयोजना गरेको हो । २४ जना खेलाडीले सहभागिता जनााएको प्रतियोगितामा काजी राई प्रथम हुनुभयो ।

अन्तिम पाँचौ राउण्डमा यामप्रसाद लिम्बूलाई पराजित गर्दै राईले प्रथम स्थान हासिल गर्दा श्रीकृष्ण लिम्बूले दोस्रो, खड्ग लिम्बू तेस्रो, मनिष पौडेल चौथो र तारानिधि घिमिरेले पाँचौं स्थान हासिल गर्नुभयो । यस्तै अन्य बिभिन्न बिधाबाट जम्मा ११ जना खेलाडी बिजयी भएका छन् । बिजयी भएका खेलाडीलाई भोलि सदरमुकाममै हुन लागेको होटल ब्यबसायी महासंघ कोशि प्रदेशको अधिबशन उद्घाटनमा पुरस्कार प्रदान गरीने हाटल ब्यबसायी संघ इलामका महासचिब प्रकाश चापागाइँले जानकारी दिनुभयो ।
पाँच राउण्डसम्म भएको प्रतियोगितामा जिल्ला च्याम्पियन देवी प्रसाद पौडेल ३ अंक जोड्दै छैठौं स्थानमा रहँदा बुद्धिचाल संघ इलामका पूर्व अध्यक्ष यामप्रसाद लिम्बू पनि ३ अंक बटुलेर ७ औं स्थानमा रहनु भयो ।पौडेललाई चौथो राउण्डमा मनिष पौडेल र पाँचौ राउण्डमा श्रीकृष्ण लिम्बूले पराजित गर्दा याम प्रसाद लिम्बूलाई तेस्रो राउण्डमा देवी पौडेल र पाँचौं राउण्डमा काजी राईले पराजित गर्नुभएको थियो ।

चेस खेलको बिकास संगै यस खेलप्रति खेलाडीको आकर्षण बढाउन होटल ब्यबसायि संघले यस प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाट महासंघका कोशि प्रदेश अध्यक्ष राजन दंगलले गर्नुभएको थियो ।पछिल्लो समय इलाममा यसखेलप्रति नयाँ नयाँ खेलाडी उत्पादन र जिल्लाका सबै पालिकाहरुमा बुद्धिचाल खेलको बिस्तार बढेसंगै खेलाडीहरुको आकर्षण पनि बढदै गएको हो । प्रतियोगिता स्विस लिगको आधारमा खेलाइएको थियो ।

TOP