जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

मण्डला थिएटरका कलाकारद्धारा अन्तुमा नाटक “लय प्रकृतिको” पदर्शन (फोटो फिचर)

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
मण्डला थिएटरका कलाकारद्धारा अन्तुमा नाटक “लय प्रकृतिको” पदर्शन (फोटो फिचर)

फिक्कलः मण्डला थिएटरले इलामको सूर्योदय नगरपालिकाको अन्तुमा कचहरी नाटक “लय प्रकृतिको” पदर्शन गरेको छ ।     कलाको माध्यमबाट नागरिकलाई जलवायु परिवर्तन, पहिरो, बाढी, आगलागी र भूकम्प जस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार रसमुदायलाई जोगाउने उपायबारे जानकारी दिदै नाटक प्रदर्शन गरिएको हो ।
नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ । नाटकमा सोमनाथ खनाल, उमेश तामाङ, सागर खाती, मिलन कार्की, रेनु योगी, वेदना राई लगायत चर्चित कलाकारको अभिनय रहेको थियो । नाटकमा जथाभाभी गरीने डोजरे बिकासको असर, बनजंलगमा गरीने आगजनी, मापदण्ड पुरा नगरी निर्माण गरीने संरचनाका कारण भुकम्पीय असर आदि बिषय समेटीएको थियो ।
नाटक सम्पन्न भए पछि सूर्योदयका नगर प्रमुख रण बहादुर राईले नाटकले यथार्थलाई चित्रण गरेको बताउनु भयो । उहालय यस्ता नाटकले प्राकृतिक बिपत्ती रोक्न सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी , शिक्षक , बिद्यार्थी लगायत स्थानीयको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
पछिल्लो समय नेपाली चलचित्र जगतका प्रसिद्ध कलाकार विजय बराल, बुद्धि तामाङ, प्रदिप कुमार चौधरी, नाजिर हुसेन लगायतका सुप्रसिद्ध कलाकारलाई मण्डला थिएटरमा देखिने गरीएको छ । मण्डला थिएटले बिश्व बैंक, युके एड, क्यानडा, युसआइडी सहयोग र सूर्योदय नगरपालिकाको सहजीकरणमा नाटक पदर्शन गरेकोे थियो ।

नाटकका झलकहरु

TOP