जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

मण्डला थिएटरका कलाकारद्धारा अन्तुमा नाटक “लय प्रकृतिको” पदर्शन (फोटो फिचर)

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
मण्डला थिएटरका कलाकारद्धारा अन्तुमा नाटक “लय प्रकृतिको” पदर्शन (फोटो फिचर)

फिक्कलः मण्डला थिएटरले इलामको सूर्योदय नगरपालिकाको अन्तुमा कचहरी नाटक “लय प्रकृतिको” पदर्शन गरेको छ ।     कलाको माध्यमबाट नागरिकलाई जलवायु परिवर्तन, पहिरो, बाढी, आगलागी र भूकम्प जस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार रसमुदायलाई जोगाउने उपायबारे जानकारी दिदै नाटक प्रदर्शन गरिएको हो ।
नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ । नाटकमा सोमनाथ खनाल, उमेश तामाङ, सागर खाती, मिलन कार्की, रेनु योगी, वेदना राई लगायत चर्चित कलाकारको अभिनय रहेको थियो । नाटकमा जथाभाभी गरीने डोजरे बिकासको असर, बनजंलगमा गरीने आगजनी, मापदण्ड पुरा नगरी निर्माण गरीने संरचनाका कारण भुकम्पीय असर आदि बिषय समेटीएको थियो ।
नाटक सम्पन्न भए पछि सूर्योदयका नगर प्रमुख रण बहादुर राईले नाटकले यथार्थलाई चित्रण गरेको बताउनु भयो । उहालय यस्ता नाटकले प्राकृतिक बिपत्ती रोक्न सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी , शिक्षक , बिद्यार्थी लगायत स्थानीयको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
पछिल्लो समय नेपाली चलचित्र जगतका प्रसिद्ध कलाकार विजय बराल, बुद्धि तामाङ, प्रदिप कुमार चौधरी, नाजिर हुसेन लगायतका सुप्रसिद्ध कलाकारलाई मण्डला थिएटरमा देखिने गरीएको छ । मण्डला थिएटले बिश्व बैंक, युके एड, क्यानडा, युसआइडी सहयोग र सूर्योदय नगरपालिकाको सहजीकरणमा नाटक पदर्शन गरेकोे थियो ।

नाटकका झलकहरु

TOP