पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

नेपाली कांग्रेस इलामको एक सय दिने विशेष अभियान शुरु

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
नेपाली कांग्रेस इलामको एक सय दिने विशेष अभियान शुरु

इलाम: नेपाली कांग्रेस इलामले “एक सय दिने विशेष अभियान २०८१” शुरु गरेको छ । जिल्ला कार्यसमितिको आयोजनामा नेपाली कांग्रेस जिल्ला सभापति डम्बर बहादुर खड्काको अध्यक्षता एवं अभियानका प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको प्रमुख आतिथ्यतामा मगलबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि उक्त अभियानको उद्घाटन गरिएको हो ।

एक सय दिने विशेष अभियानमा जिल्लाका ८१ वटा वडामै पुगेर कार्यक्रम गरिने भएको छ । त्यसका लागि जिल्ला कार्यसमितिले हरेक वडामा प्रतिनिधि खटाउने भएको इलाम जिल्ला सभापति डम्बर खड्काले बताए ।केन्द्रिय प्रतिनिधि सबै पालिकाका कार्यक्रममा सहभागी हुनेछन् । वडामा जिल्लाका प्रतिनिधि पुग्नेछन् । त्यसक्रममा कांग्रेसको विधान र नीति नियममा भएको व्यवस्थाका बारेमा छलफल चलाउने जनाइएको छ । क्रियाशील सदस्यता वितरण विवाद रहित बनाउन, कांग्रेसभित्रका गुट उपगुट अन्त्य गरी एकताबद्ध र बलियो कांग्रेस बनाउन अभियानले भुमिका खेल्नेछ । आपसी मनमुटाव, बैमनस्य, पार्टीप्रतिका असन्तुष्टि र सरकारबाट गरिएका अपेक्षा पनि संकलन गरिने उपसभापति खगेन्द्र देवानको भनाई छ ।

कांग्रेस बनाउन सबैको भूमिका उत्तिकै हुने भएकाले सबै कांग्रेससँग भेटन लागिएको कांग्रेसले जनाएको छ । उक्त अवसरमा नेपाली कांग्रेस इलामका पूर्वसभापति , महासमिति सदस्य, महाधिवेशन प्रनिनिधि, जिल्ला कार्यसमिति, क्षेत्रीय सभापति, प्रदेश सभापति र १० वटै पालिकाका सभापतिहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पार्टी सचिव निरोज खड्गीले गरेका थिए । नयाँ बुलन्दबाट

TOP