जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

नेपाली कांग्रेस इलामको एक सय दिने विशेष अभियान शुरु

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
नेपाली कांग्रेस इलामको एक सय दिने विशेष अभियान शुरु

इलाम: नेपाली कांग्रेस इलामले “एक सय दिने विशेष अभियान २०८१” शुरु गरेको छ । जिल्ला कार्यसमितिको आयोजनामा नेपाली कांग्रेस जिल्ला सभापति डम्बर बहादुर खड्काको अध्यक्षता एवं अभियानका प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको प्रमुख आतिथ्यतामा मगलबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि उक्त अभियानको उद्घाटन गरिएको हो ।

एक सय दिने विशेष अभियानमा जिल्लाका ८१ वटा वडामै पुगेर कार्यक्रम गरिने भएको छ । त्यसका लागि जिल्ला कार्यसमितिले हरेक वडामा प्रतिनिधि खटाउने भएको इलाम जिल्ला सभापति डम्बर खड्काले बताए ।केन्द्रिय प्रतिनिधि सबै पालिकाका कार्यक्रममा सहभागी हुनेछन् । वडामा जिल्लाका प्रतिनिधि पुग्नेछन् । त्यसक्रममा कांग्रेसको विधान र नीति नियममा भएको व्यवस्थाका बारेमा छलफल चलाउने जनाइएको छ । क्रियाशील सदस्यता वितरण विवाद रहित बनाउन, कांग्रेसभित्रका गुट उपगुट अन्त्य गरी एकताबद्ध र बलियो कांग्रेस बनाउन अभियानले भुमिका खेल्नेछ । आपसी मनमुटाव, बैमनस्य, पार्टीप्रतिका असन्तुष्टि र सरकारबाट गरिएका अपेक्षा पनि संकलन गरिने उपसभापति खगेन्द्र देवानको भनाई छ ।

कांग्रेस बनाउन सबैको भूमिका उत्तिकै हुने भएकाले सबै कांग्रेससँग भेटन लागिएको कांग्रेसले जनाएको छ । उक्त अवसरमा नेपाली कांग्रेस इलामका पूर्वसभापति , महासमिति सदस्य, महाधिवेशन प्रनिनिधि, जिल्ला कार्यसमिति, क्षेत्रीय सभापति, प्रदेश सभापति र १० वटै पालिकाका सभापतिहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पार्टी सचिव निरोज खड्गीले गरेका थिए । नयाँ बुलन्दबाट

TOP