प्रेम अधिकारी
पशुपतिनगर(इलाम)
इलामको सूर्योदय नगरपालिकाको करफोक क्षेत्र सधै भुई कुहिरो संग लुकामारी गरीरहेको हुन्छ । सधै हुस्सु र कुहिरोले ढाक्ने करफोक क्षेत्र सधै पर्यटकको स्वागतमा बसेको हुन्छ । करफोक क्षेत्रमा पर्ने स्वामी पार्क, करफोक बिद्यामन्दिरको कोणधारी धुपीघारी, चिया बगान, फुवबारी, , एतिहासिक पूर्णेडाँडाबाट देखिने सूर्योदय र सूर्यास्तको दृष्य, पंचकन्या मन्दिर र करफोकमा संचालित खलङ्गा होमस्टेले दिने अर्गानिक स्वादका परिकार संगै यस क्षेत्रले पर्यटकलाई सधै स्वागत गरीरहेको हुन्छ । तराईको गर्मीबाट आउनेका लागि करफोक क्षेत्र प्राकृतिक एयर कन्डिसनकै रुपमा रहेको हुन्छ । चिसो हावापनी र वातावरणमा रमाउने पर्यटकका लागि यो क्षेत्र बाह्ै महिना पर्यटकका लागि उपयुक्त गन्तब्यका रुपमा बिकास हुँन थालेको छ ।
करफोक क्षेत्रमा शुरुमा पत्रकार केदार शर्माले बरपीपल बिसौनी होमस्टे स्चालनमा ल्याउनु भएको थियो । उहाले संचालन गरेको होमस्टेमा प्राय बिदेशी पर्यटकको लर्को लाग्न थालेको छ ।
पछिल्लो समय पर्यटन कार्यालय काकडभिट्टा झापामा दर्ता गरी करफोक खलङ्गा सामुदायिक होमस्टेले संचालनमा ल्याइए पछि पहिले यो क्षेत्र पर्यटकका लागि नयाँ गन्तब्य बनेको होमस्टे संचालक ज्योति अधिकारीले जानकारी दिनु भयो । अर्गानिक खानाका परिकार पाइने र वातावरणमैत्री ढंगले अहिले उक्त क्षेत्रका १२ वटा घरमा होमस्टे संचालन गरिदै आएको छ । होमस्टे निर्देशिका अनुसार एक घरमा आठजना मात्र पाहुँनालाई राख्ने गरीएको अधिकारीले जानकारी दिनु भयो । होमस्टे संचालनको तीन महिनामा स्वादेशी र बिदेशी गरी तीन हजार बढी पर्यटक करफोक खलङ्गा सामुदायिक होमस्टेमा भित्री सकेका छन् । करफोक खलङ्गा सामुदायिक होमस्टेका अध्यक्ष कोपीला पोख्रेलले होमस्टेका आथित्यताबाट प्रभावित भएर एक दिनको बुकिङ गरेर आएका पर्यटक हप्ता दिन सम्म बस्ने गरेको बताउनु भयो । ‘बजारका प्याकेटका खानेकुरा यहाँ बन्देज गरीएको छ। हाम्रो गाउँघरमा जे उत्पादन हुन्छ, हामी त्यहि चखाएर पर्यटकलाई पठाउछौ’ अध्यक्ष पाख्रेलले भन्नु भयो ।
करफोक क्षेत्रमा होमस्टे संचालनमा ल्याइए पछि संगसगै बनस्पति र वातावरण संरक्षणका काम समेत गरीदै आएको होमस्टे संचालक चन्द्र सापकोटाले जानकारी दिनु भयो । उहाका अनुसार उक्त क्षेत्रका बनपति तथा बोटाबिरुवाको नामाकरण सहित ट्रयाकिङ गर्ने गरीएको छ । पर्यटकको आकर्षण बढे संगै उक्त क्षेत्रमा होमस्टेको संख्या बिस्तार गरी ५० पु¥याईने भएको छ ।
शुरुमा पर्यटन कार्यालय काकडभिट्टाले स्थानीयलाई होमस्टे संचालन सम्बन्धि तालिम दिएको थियो । तालिम पश्चात होमस्टे संचालन गर्न थालेपछि महिलाको आयआर्जनमा सुधार भएको अध्यक्ष बस्नेताले जानकारी दिनु भयो । करफोक क्षेत्रमा अधिकांश होमस्टे महिलाले संचालन गर्नु भएको छ ।
पर्यटन कार्यालय काकडभिट्टका कर्मचारी निरोज कट्टेलले इलाममा अन्तु , कन्याम जस्ता चर्चीत पर्यटकीय गन्तब्य भए पनि करफोक क्षेत्र पर्यटकका लागि नयाँ गन्तब्य भएको बताउनु भयो । उहाले भन्नु भयो‘पर्यटन कार्यालयले करफोक क्षेत्रलाई नयाँ पर्यटकीय डेस्टिनेशनका रुपमा बिकास गर्ने लक्ष्य लिएको छ ।’
कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन बर्ष घोषणा गरेसंगै कार्यालयले झापा , इलाम, पाँचथर र ताप्लेजुङमा पर्यटन सचेतना र पूर्वाधारका कार्यक्रम गर्दै आएको छ । कोशी प्रदेशमा हाल ३२ वटा सामुदायिक होमस्टे दर्ता भएको उल्लेख छ । जुन होमस्टे स्थानीय सामुदायले सामुदायिक रुपमा संचालन गरीरहेका छन ।
करफोक क्षेत्रका होमस्टेको र उक्त क्षेत्रको प्रचारप्रसारका लागि आगामी मंसिर २८ र २९ गते करफोक खलंङ्गा पर्यटन महोत्सव पर्यटन कार्यालयको सहयोगमा गरीने भएको छ । तीनदिने महोत्सवमा स्थानीय खानाका परिकारका स्टल र अकवरे खुर्सानीका स्टल राखीने महोत्सव आयोजक समिति अध्यक्ष कोपिला पोख्रेलले जानकारी दिनु भयो ।