जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

करफोक खलङ्गा होमस्टेको अर्गानिक स्वादले पर्यटक पल्काउदै

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
करफोक खलङ्गा होमस्टेको अर्गानिक स्वादले पर्यटक पल्काउदै

प्रेम अधिकारी
पशुपतिनगर(इलाम)

इलामको सूर्योदय नगरपालिकाको करफोक क्षेत्र सधै भुई कुहिरो संग लुकामारी गरीरहेको हुन्छ । सधै हुस्सु र कुहिरोले ढाक्ने करफोक क्षेत्र सधै पर्यटकको स्वागतमा बसेको हुन्छ । करफोक क्षेत्रमा पर्ने स्वामी पार्क, करफोक बिद्यामन्दिरको कोणधारी धुपीघारी, चिया बगान, फुवबारी, , एतिहासिक पूर्णेडाँडाबाट देखिने सूर्योदय र सूर्यास्तको दृष्य, पंचकन्या मन्दिर र करफोकमा संचालित खलङ्गा होमस्टेले दिने अर्गानिक स्वादका परिकार संगै यस क्षेत्रले पर्यटकलाई सधै स्वागत गरीरहेको हुन्छ । तराईको गर्मीबाट आउनेका लागि करफोक क्षेत्र प्राकृतिक एयर कन्डिसनकै रुपमा रहेको हुन्छ । चिसो हावापनी र वातावरणमा रमाउने पर्यटकका लागि यो क्षेत्र बाह्ै महिना पर्यटकका लागि उपयुक्त गन्तब्यका रुपमा बिकास हुँन थालेको छ ।
करफोक क्षेत्रमा शुरुमा पत्रकार केदार शर्माले बरपीपल बिसौनी होमस्टे स्चालनमा ल्याउनु भएको थियो । उहाले संचालन गरेको होमस्टेमा प्राय बिदेशी पर्यटकको लर्को लाग्न थालेको छ ।
पछिल्लो समय पर्यटन कार्यालय काकडभिट्टा झापामा दर्ता गरी करफोक खलङ्गा सामुदायिक होमस्टेले संचालनमा ल्याइए पछि पहिले यो क्षेत्र पर्यटकका लागि नयाँ गन्तब्य बनेको होमस्टे संचालक ज्योति अधिकारीले जानकारी दिनु भयो । अर्गानिक खानाका परिकार पाइने र वातावरणमैत्री ढंगले अहिले उक्त क्षेत्रका १२ वटा घरमा होमस्टे संचालन गरिदै आएको छ । होमस्टे निर्देशिका अनुसार एक घरमा आठजना मात्र पाहुँनालाई राख्ने गरीएको अधिकारीले जानकारी दिनु भयो । होमस्टे संचालनको तीन महिनामा स्वादेशी र बिदेशी गरी तीन हजार बढी पर्यटक करफोक खलङ्गा सामुदायिक होमस्टेमा भित्री सकेका छन् । करफोक खलङ्गा सामुदायिक होमस्टेका अध्यक्ष कोपीला पोख्रेलले होमस्टेका आथित्यताबाट प्रभावित भएर एक दिनको बुकिङ गरेर आएका पर्यटक हप्ता दिन सम्म बस्ने गरेको बताउनु भयो । ‘बजारका प्याकेटका खानेकुरा यहाँ बन्देज गरीएको छ। हाम्रो गाउँघरमा जे उत्पादन हुन्छ, हामी त्यहि चखाएर पर्यटकलाई पठाउछौ’ अध्यक्ष पाख्रेलले भन्नु भयो ।
करफोक क्षेत्रमा होमस्टे संचालनमा ल्याइए पछि संगसगै बनस्पति र वातावरण संरक्षणका काम समेत गरीदै आएको होमस्टे संचालक चन्द्र सापकोटाले जानकारी दिनु भयो । उहाका अनुसार उक्त क्षेत्रका बनपति तथा बोटाबिरुवाको नामाकरण सहित ट्रयाकिङ गर्ने गरीएको छ । पर्यटकको आकर्षण बढे संगै उक्त क्षेत्रमा होमस्टेको संख्या बिस्तार गरी ५० पु¥याईने भएको छ ।
शुरुमा पर्यटन कार्यालय काकडभिट्टाले स्थानीयलाई होमस्टे संचालन सम्बन्धि तालिम दिएको थियो । तालिम पश्चात होमस्टे संचालन गर्न थालेपछि महिलाको आयआर्जनमा सुधार भएको अध्यक्ष बस्नेताले जानकारी दिनु भयो । करफोक क्षेत्रमा अधिकांश होमस्टे महिलाले संचालन गर्नु भएको छ ।
पर्यटन कार्यालय काकडभिट्टका कर्मचारी निरोज कट्टेलले इलाममा अन्तु , कन्याम जस्ता चर्चीत पर्यटकीय गन्तब्य भए पनि करफोक क्षेत्र पर्यटकका लागि नयाँ गन्तब्य भएको बताउनु भयो । उहाले भन्नु भयो‘पर्यटन कार्यालयले करफोक क्षेत्रलाई नयाँ पर्यटकीय डेस्टिनेशनका रुपमा बिकास गर्ने लक्ष्य लिएको छ ।’
कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन बर्ष घोषणा गरेसंगै कार्यालयले झापा , इलाम, पाँचथर र ताप्लेजुङमा पर्यटन सचेतना र पूर्वाधारका कार्यक्रम गर्दै आएको छ । कोशी प्रदेशमा हाल ३२ वटा सामुदायिक होमस्टे दर्ता भएको उल्लेख छ । जुन होमस्टे स्थानीय सामुदायले सामुदायिक रुपमा संचालन गरीरहेका छन ।
करफोक क्षेत्रका होमस्टेको र उक्त क्षेत्रको प्रचारप्रसारका लागि आगामी मंसिर २८ र २९ गते करफोक खलंङ्गा पर्यटन महोत्सव पर्यटन कार्यालयको सहयोगमा गरीने भएको छ । तीनदिने महोत्सवमा स्थानीय खानाका परिकारका स्टल र अकवरे खुर्सानीका स्टल राखीने महोत्सव आयोजक समिति अध्यक्ष कोपिला पोख्रेलले जानकारी दिनु भयो ।

TOP