जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलामको नयाँबजारमा मंसिर ९ गते देखि बालाचतुर्दशी मेला लाग्ने

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
इलामको नयाँबजारमा मंसिर ९ गते देखि बालाचतुर्दशी मेला लाग्ने

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचतुर्दशी मेला यस बर्ष पनि लाग्ने भएको छ ।आगामी ९ गते देखि १८ गते सम्म नयाँ बजारमा बिभिन्न कार्यक्रम गरी मेला लगाईने आज पालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
गाउँपालिकाको स्वामित्वमा गठन गरीएको बालाचतुर्दशी मेला आयोजक समितिले मेलाको उद्घाटन ९ गते गरी १८ गते समापन गर्ने जनाएको छ । आयोजक समितिका अध्यक्ष मदन भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्यतामा सम्पन्न छलफल कार्यक्रममा आयोजकले मेला धार्मीक पर्यटनको प्रवर्धन गर्नका लागि आयोजना गरीएको जनाएको छ । आयोजक समितिका अध्यक्ष भण्डारीले मेलाको अवसरमा नयाँबजारको शिव मन्दिर तथा सन्त बालागुरुको समाधी स्थलमा चर्तुदशीका दिन शतबीउ पलबीउ छर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो । मेलामा पुरुष नकआउट फुटल प्रतियोगिता, नयाँबजार थुम्केराती पदयात्रा, थुम्केरानीबाट सूर्योदयको दृश्यावलोकन गर्ने कार्यक्रम तय भएको छ । यस्तै रोटपिङ सहितको मिनिी मेला संचालन गर्नका साथै रैथाने खानाका परिकारका स्टल राखीने आयोजकले जनाएको छ । आयोजक समितिका सचिव महेश सापकोटाले महोत्सव सम्पन्न गर्न ६ लाख रुपियाँ खर्च हुने जानकारी दिनु भयो । मेलामा बिभिन्न कलाकारको साथमा सांगीतिक कार्यक्रम तथा बिभिन्न जातजातीको झाकी पदर्शन गरीने छ । मेलामा आगुन्तुक पर्यटकको ब्यवस्था गर्न नयाँबजार , थुम्के, जौवारीका होटल होमस्टे संग आयोजकले सहकार्य गर्ने र नयाँबजारमा घरबास कार्यक्रम संचालन गरीने जनाईएको छ ।
फिक्कल नयाँबजार सडक कालोपत्रे भए पछि आगन्तुक पर्यटकको संख्या बढ्ने भएकाले घरबास कार्यक्रमको तयारी भैरहेको आयोजकले जनाएको छ ।कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले परम्परागत रुपमा लाग्दै आएको मेलाले धार्मीक पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने बताउनु भयो । उहाले मेलाको पहिचान बदल्न जरुरी रहेको बताउदै जुवातास जन्य कुराले समाजको हित नगर्ने भएकाले त्यस्ता क्रियाकलाप हुन नदिने बताउनु भयो । अध्यक्ष थेवेले भन्नु भयो‘यस पटकबाट पालिकाले फरक ढंगले मेला संचालन गर्न खोजेको हो, आगामी बर्ष देखि यसलाई अझ महत्व दिएर आयोजना गर्न पालिका लागि पर्ने छ ।
मेला संचालनका लागि बिभिन्न उप समिति बनाइएको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले मेलामा पर्यटकलाई आर्कषण गर्नका लागि स्थानीय खानाका परिकारमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो । उहाले माईजोगमाईमा रहेका पर्यटकीय तथा धार्मीक क्षेत्रको बिकास , पवर्धन र संरक्षणका लागि ऐतिहासिक बालाचतुर्दशी मेलाले सहयोग पुग्ने बताउनु भयो । ‘यस पटक हामीले फरक ढंगले मेला संचालन गर्ने गरी समितिलाई जिम्मा दिएका छौ, समितिले पर्यटन प्रवर्धन गर्ने गरीका कार्यक्रम गर्नु पर्दछ ।
माईजोगमाई गाउँपालिकाको सहयोगमा सम्पन्न हुने मेलामा इलाम , झापा, पाँचथर र छिमेकी देश भारतका बिभिन्न स्थानबाट पर्यटक भित्रिने आयोजकले अपेक्षा राखेको छ । कार्यक्रममा सहभागी संचारकर्मीले स्थानीय क्षेत्रमा आर्थिक टेवा पुग्ने गरी मेला संचालन गर्न सुझाव दिनु भएको थियो ।
माईजोगमाईमा थुप्रै पर्यटकीय स्थल भए पनि प्रचार प्रसारको कर्मी र पूर्वाधार बिकासको कमिका कारण पर्यटन क्षेत्रको आपेक्षकृत रुपमा बिकास हुन सकेको छैन । नयाँबजारको शिव मन्दिर, दर्गा मन्दिर, उत्तरे पोखरी, साङ्गेछयोलिङ गुम्बा, माईबेनी मन्दिर, मलुपोखरी, थुम्के रानी, टुम्लिङ , टङ्लु जस्ता दर्जनौ पर्यटकीय स्थल रहेका छन् ।
सडक संजालले जोडए पनि यी क्षेत्रमा पर्यटन पूर्वाधारको भने कमी रहेको छ । गाउँपालिकाले पर्यटन पूर्वाधारको काम भने गरीरहेको छ ।
बालागुरु भोजपुरबाट आउनु भएका एक ब्रह्मचारी साधु हुनुहुन्थ्यो। उहा इलामको पूर्वी नयाँबजारमा विभिन्न समाजसेवा तथा विकासका कार्य गरेका कारण बालागुरु लोकप्रिय बन्नु भएको थियो । उहाकै पहलकदमीमा २०११ साल देखि नयाँबजारमा बालाचतुर्दशी मेला गाल्न थालेको इतिहास पाइन्छ । बालागुरुले २०११ सालमा महायज्ञ गरी त्यस ठाउँमा नयाँबजार को नामाकरण गरेको पाइन्छ । जोगमाई नदीमा झोलुङ्गे पूल निर्माण गराउने देखि र तान्त्रिक विधिद्वारा रोगीको आयुर्वेदिक उपचार गरेर बालागुरुले ख्याती कामउनु भएको थियो ।

TOP