जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँछौं : स्वास्थ्य मन्त्री पौडेल

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँछौं : स्वास्थ्य मन्त्री पौडेल

इलाम: स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार मन्त्रालय प्रतिवद्ध रहेको बताएका छन् ।
इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी श्रीमद् भागवत सप्ताह महापुराण समापन समारोह एवम् अस्पताल उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मन्त्री पोडेलले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई परिणाममुखी बनाउने योजनाका साथ काम गरिरहेको बताए ।
मन्त्री पौडेलले स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभूत गर्नेगरी काम गरिरहेको बताए । सरकारी अस्पतालका सेवालाई व्यवस्थित गर्दै लगिएको बताउँदै मन्त्री पोडेलले सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी मन्त्रालयले तयारी गरिरहेको बताए ।
‘अहिले स्वास्थय बिमाबाट एक लाख रुपैयाँसम्मको उपचार भइरहेको छ, यसलाई बढाएर पाँच लाख रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ,’ उनले भने, ‘स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउन श्रोतको सुनिश्चितका लागि आम्दानीको आधारमा बिमा कोषमा योगदान गर्ने व्यवस्था मिलाइनेछ ।’
आम सर्वसाधारणले स्वास्थ्योपचार सेवालाई प्रभावबारी बनाउन सरकार निरन्तर लागिपरेको उनको भनाइ थियो । ‘पाँचवटा हस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र आठवटा अस्पतालमा जलन रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको छ,’ उनले भन, ‘२९ वर्षमाथिका सबैको क्यान्सर र किड्नी परीक्षण गर्ने कार्यक्रम ल्याउँदैछौं ।’
मन्त्री पौडेलले भवन निर्माण भएका अस्पतालको जनशक्ति र उपकरण व्यवस्थापनमा सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ‘जहाँ भवन निर्माण भएका छन्, तर उपकण छैन, पहिलो प्राथमिकतामा त्यस्ता अस्पताललाई सहयोग गरिनेछ,’ उनले भने, ‘अहिले मन्त्रालयमा बजेटको शिर्षक छैन, भवन बनेका अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थाप गर्नुपर्छ, त्यसका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छौं ।’
मन्त्री पोडेलले सेवाको आधारमा अस्पतालको वर्गीकरण गरिने समेत बताए । ‘अस्पताल शैय्याको आधारमा नभई सेवाको आधारमा वर्गीकरण गर्ने तयारी गरेका छौं,’ मन्त्री पोडेलले भने, ‘सबै सेवा एउटै अस्पतालबाट सम्भव हुँदैन, त्यसैले आधारभूत अस्पतालबाट सम्भव विशिष्टिकृत उपचारका लागि विशिष्टकृत अस्पतालको व्यवस्थापनमा लागेका छौं ।’
चुलाचुलीमा १५ शैय्याको अस्पताल उद्घाटन भएको हो । संघीय सरकारको १२ करोड ९० लाख रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको मन्त्री पौडेलले उद्घाटन गरे ।
आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल चार पवर्षपछि निर्माण सम्पन्न भएको हो । १५ कठ्ठा १० धुर क्षेत्रफलमा पार्किङसहितको तीन तलाको अस्पताल निर्माण गरिएको छ ।
नवनिर्मित अस्पताल भवनबाट आइतबारदेखि स्वास्थ्य सेवा सुरु भएको छ । २४ सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायत सेवमा सुचारु गरिएको उनले जानकारी दिए । अस्पताललमा एबीबीएस डाक्टरसहितको जनशक्ति व्यवस्था गरिएको उनले बताए ।
यसैबिच, अस्पताल सञ्चालन सहयोगर्थ चुलाचुली गाउँपालिकाले आयोजना गरेको ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आइतबार सम्पन्न भएको छ । गत कात्तिक २६ गतेदेखि अस्पताल परिसमार आयोजित महापुराणको समापन समेत मन्त्री पौडलले गरे ।
महापुराणबाट सङ्कलित रकमबाट विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क उपचारका लागि अक्षय कोष स्थापना गरिने गाउँपालिका अध्यक्ष केरुङले बताए । ‘महापुरणबाट सङ्कलन भएको रकमबाट अस्पतालमा छुट्टै अक्षयकोष स्थापन गरिनेछ,’ अध्यक्ष केरुङले भने, ‘कोषबाट पालिकाभित्रका विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क उपचारको व्यवस्था गरिनेछ ।’ रासस

 

TOP