जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

सूर्योदय १३ को ज्योति माध्यमिक बिद्यालयमा बिभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
सूर्योदय १३ को  ज्योति माध्यमिक बिद्यालयमा बिभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न

फिक्कल : सूर्योदय नगरपालिका १३ को ज्योति माध्यमिक बिद्यालयमा बिभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । २०८१ को देउसी भैलो समापन तथा सांस्कृतिक कार्यक्रम समापनको अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न गरीएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिननाथ मिश्रको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रम सम्पन्न भयो । बिद्यालयका प्रधानाध्यापक दिपक पौडेलले कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयलाई चलायमान बनाउन सबै क्षेत्रको सहयोगको आवश्यक्ता रहेको औल्याउनु भयो । करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालयका अध्यक्ष तथा कलाकार भुपेन्द्र राईको संयोजनमा भएको सांस्कृतिक कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिकाले देउसी गीत पस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कलाकार पुजन प्रधान, भुपेन्द्र राई , चन्दन किसोर राई , तुलसी क्षेत्री , कृतिका राई , गायत्रा ओली, बृष प्रधान, प्रविन बिसी लगायत दजनौ कलाकारले आफनो प्रस्तुती दिनु भएको थियो ।
सूर्योदय १३ का वडाध्यक्ष हेमराज आचार्य , वडा नं. ६ का वडाध्यक्ष शिवकुमार बस्नेत , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराई लगायत बिभिन्न बिद्यालयका बिब्यस अध्यक्ष तथा प्रधानाध्यापक सहभागी कार्यक्रममा बिद्यालयलाई आवासीय ब्यवस्थापनका लागि आर्थिक सहयोग गरीएको थियो ।
कार्यक्रममा नगर प्रमुख राईले नगरे पाँचवटा क्षेत्रलाई बिशेष प्राथमिक्तामा राखेर काम गरीरहेको जानकारी दिनु भयो । उहाले १३ र १४ नं. वडामा नगरले पहिलो पटक छात्र÷छात्राबासको ब्यवस्था गरेको जानकारी दिनु भयो । उहाले शिक्ष क्षेत्रमा अहिले गरेको लगानीको प्रतिफल पछि देखिने जानकारी दिनु भयो ।
बिद्यालयकले पछिल्लो समय बिभिन्न कार्यक्रा गरी बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काम गर्दै आएको छ ।

TOP