Hamropalika menu advertisement

नेकपा एकिकृत समाजवादी इलामको अधिवेशन आयोजक कमिटी अध्यक्षमा राई

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
नेकपा एकिकृत समाजवादी इलामको अधिवेशन आयोजक कमिटी अध्यक्षमा राई

इलाम: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इलामको जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन् ।शनिबार इलाम सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५ औं पूर्ण बैठकले राईलाई आयोजक कमिटी अध्यक्षम्को जिम्मेवारी दिएको हो । सूर्योदय नगरपालिकाको नगरप्रमुख रहेका राई यसअघि जिल्ला सचिवालय सदस्य थिए ।

बैठकले एक सय १५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।तत्कालीन जिल्ला अध्यक्ष रहेका भक्त केसी केन्द्रीय सदस्य निर्वाचित भएपछि आयोजक कमिटी अध्यक्षमा राईलाई जिम्मेवारी दिएको हो ।अध्यक्ष केसीको अध्यक्षता तथा केन्द्रीय सचिव बलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा केन्द्रीय पोलिटब्युरो सदस्यद्वय धर्मराज निरौला र खिनु लङ्वा लिम्बू, केन्द्रीय अनुशासन आयोग सदस्य राजकुमार राई, केन्द्रीय सल्लाहकार परिषद् सदस्य लालबहादुर सुब्बा लगायत समेतको सहभागिता थियो ।

TOP