खेलकुद माई हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा पालिका विशेष इलाको सुन्तलेका धनराज राईको हत्या, छोरा–बुहारी पक्राउ खेलकुद राष्ट्रपति रनिङ शिल्डले इलाममा ग्रामिण खेलकुद जुर्मुराउदै पालिका विशेष सूर्योदयमा बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम पालिका विशेष सूर्योदयमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु प्रदेश माओवादी केन्द्र इलाम नगरको दोश्रो अधिबेशन सम्पन्न जीवनशैली टोल बिकास संस्थालाई ब्यवस्थित गर्दै सूर्योदय पालिका विशेष चुम्लुङको सूर्योदय नगर अधिवेसन सम्पन्न जीवनशैली एच पि.भी. खोप अभियान सम्बन्धि सूर्योदय नगरपालिकाको सूचना पर्यटन पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
Hamropalika menu advertisement

नेकपा एकिकृत समाजवादी इलामको अधिवेशन आयोजक कमिटी अध्यक्षमा राई

  • प्रकाशित मितिः February 15, 2025
  • हाम्रो पालिका
नेकपा एकिकृत समाजवादी इलामको अधिवेशन आयोजक कमिटी अध्यक्षमा राई
Spread the love

इलाम: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इलामको जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन् ।शनिबार इलाम सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५ औं पूर्ण बैठकले राईलाई आयोजक कमिटी अध्यक्षम्को जिम्मेवारी दिएको हो । सूर्योदय नगरपालिकाको नगरप्रमुख रहेका राई यसअघि जिल्ला सचिवालय सदस्य थिए ।

बैठकले एक सय १५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।तत्कालीन जिल्ला अध्यक्ष रहेका भक्त केसी केन्द्रीय सदस्य निर्वाचित भएपछि आयोजक कमिटी अध्यक्षमा राईलाई जिम्मेवारी दिएको हो ।अध्यक्ष केसीको अध्यक्षता तथा केन्द्रीय सचिव बलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा केन्द्रीय पोलिटब्युरो सदस्यद्वय धर्मराज निरौला र खिनु लङ्वा लिम्बू, केन्द्रीय अनुशासन आयोग सदस्य राजकुमार राई, केन्द्रीय सल्लाहकार परिषद् सदस्य लालबहादुर सुब्बा लगायत समेतको सहभागिता थियो ।

TOP