जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको नयाँबजारको उत्तरे पोखरी संरक्षण गरिदै

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामको नयाँबजारको उत्तरे पोखरी संरक्षण गरिदै

नयाँबजार: इलामको माईजोगमाईको नयाँबजारमा रहेको ऐतिहासिक उत्तरे पोखरी संरक्षण गुरु योजना निर्माण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सहयात्रा नेपाल इलामले ३३५ मिटर क्षेत्रफलमा रहेको उत्तरे पोखरीको संरक्षणका लागि पोखरीको संरक्षण पश्चात् उक्त क्षेत्र आसपासमा हुने मानिसको जिविकोपार्जन कसरी राम्रो बनाउने , खानेपानीको संरक्षण कसरी गर्न सकिने , गाउँघर तथा पर्यावरणीय क्षेत्रको सरसफाई कसरी गर्ने , कृषि उत्पादन कसरी बढाउने लगायतका बिषयमा छलफल गराएको हो ।
सहयात्रा नेपाल इलामकी अध्यक्ष हेम कुमारी सिँवाको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता तथा माईजोगमाई गाउँपालिकाका ६ वटा नै वडाका वडाध्यक्ष कार्यपालिका सदस्य , वडाका वडा सदस्य , माईजोगमाई गाउँपालिका भित्र रहेका राजनैतिक दलका प्रतिनिधि , उत्तरे सिमसार संरक्षण महिला समितिका पदाधिकारी लगायतको उपस्थितिमा माईजोगमाई गाउँपालिकाको सभाहलमा उत्तरे पोखरी संरक्षण गुरु योजना सम्बन्धी अन्तरक्रकिया भएको थियो ।
गाउँपालिका सगँको समन्वयमा सहयात्रा नेपालको आयोजना र प्रकृति रिसोर्सेस सेन्टरको आर्थिक सहयोगमा उत्तरे पोखरीको संरक्षण हुँदै आईरहेको छ । सहयात्रा नेपालको ४ लाख र गाउँपालिकाको २ लाख गरी ६ लाखमा गत बर्ष उक्त पोखरीको संरक्षणको काम भएको हो । अघिल्ला आर्थिक बर्षमा समेत सहयात्रा नेपाल र माईजोगमाई गाउँपालिकाको समन्वयमा उत्तरे पोखरीको संरक्षणको लागि विभिन्न काम हुँदै आईरहेको थियो ।उत्तरे पोखरी सन्त बालागुरू उक्त क्षेत्रमा आउँदाको समयमा पोखरी बारेर भैसीलाई आहाल खेलाउने गरेको इतिहास छ ।
पोखरी जंगलको बिचमा रहेता पनि पोखरीमा झरेको पात चराले टिपेर फाल्ने गरेको पाईन्छ । उक्त पर्यटकीय क्षेत्रको लागि सहयात्रा नेपालले आगमी दिनमा सहकार्य गर्दै जाने र पोखरी संरक्षण सहित पर्यटकलाई थप आकर्षण गर्न थप कार्यक्रम समेत गर्दै जाने सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी सिवाले बताउनु भयो ।अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकाले वन वातावरण सम्बन्धी काम ऐन बमोजिम नै गरिरहेको बताउनु भयो । सहयात्रा नेपाल सगँको सहकार्यमा उत्तरे पोखरीमा वृक्षा रोपणको काम समेत गरिएको थियो ।
सहयात्रा नेपालले चालु आर्थिक बर्षमा प्रकृति रिसोर्सेस सेन्टरबाट १० लाख बजेट प्राप्त भएकोले उक्त बजेट कार्यन्वयन गर्न उत्तरे पोखरीको संरक्षण गर्न गुरु योजना निर्माण गरेर मात्र काम गर्ने भएकोले गुरु योजना निर्माण महत्वपूर्ण भएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा इलामका कृषि क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्टले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

TOP