जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको करफोकमा ६ करोड बढीको लागतमा निर्माण गरीएका कृषि अनुसन्धान केन्द्र सहितका भौतिक संरचनाको उद्घाटन

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलामको करफोकमा  ६ करोड बढीको लागतमा निर्माण गरीएका कृषि अनुसन्धान केन्द्र सहितका  भौतिक संरचनाको उद्घाटन

फिक्क्ल: इलामको सूर्योदय नगरपालिकामा रहेको करफोक बिद्या मन्दिर माध्यमिक बिद्यालयमा निर्माण गरीएका कृषि अनुसन्धान केन्द्र सहितका भौतिक संरचनाको उद्घाटन गरीएको छ ।संघीय सरकार र नगरपालिकाको आर्थिक लगानीमा निर्माण गरीएको कृषि अनुसन्धान केन्द्र, सहितका संरचनाको एक कार्यक्रमका बिच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारी र सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।
बिद्यालयमा बालि बिज्ञान संकायलाई लक्षित गरी कृषि अनुसन्धान केन्द्र, इ लाईब्रेरी , आईसीटी ल्याव , बिज्ञान प्रयोगशाला, शिक्षक आवास, सोइल ल्याब, स्टेज, शौचालय , बिद्यालय कार्यक्रम हल लगायतका संरचनाको एकै साथ उद्घाटन गरीएको छ । संघ र नगरपालिकाको गरी ६ करोड ३१ लाखको लागतका उक्त संरचना निर्माण भएको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । उहाले पढ्दै कमाउदैको अवधारणा अन्र्तगत ती संरचना निर्माण गरी संचालनमा ल्याईएको जानकारी दिनु भयो । निर्माण भएका ससंरचना बिद्यालयलाई हस्तान्तरण गरीएको उक्त कार्यक्रममा उपाध्यक्ष अधिकारी र नगर प्रमुख राईले बिद्यालयका प्रधानाध्यापक गणेश आचार्यलाई संरचना संचालन कार्यविधि समेत हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा उपाध्यक्ष अधिकारीले सबै संरचनाको स्थलगत अवलोकन गर्दै दिगो बिकासका लक्ष्य प्राप्तीका लागि निर्माण भएका संरचनाले सहयोग पुग्ने बताउनु भयो । उहाले दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण गरेर जानु पर्नेमा जोड दिनु भयो । उपाध्यक्ष अधिकारीले नगरले संचालन गरेको छोरी बुहारी शिक्षाको प्रशंसा गर्दै क्लाइमेट चेन्ज बिद्यालयको शुरु गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले करफोक क्याम्पसलाई नमुना अध्ययन अनुसन्धान केन्द्र बनाउने लक्ष्यका साथ नगरले काम गरी रहेको जानकारी दिनु भयो । उहाले करफोक क्याम्पसमा २०० बढीलाई छोरीबुहारी शिक्षा मार्फत अध्ययन गराइएको जानकारी दिनु भयो । उहाले प्याकेज बनाएर आगामी दिनमा बिद्यालयमा काम गरीने बताउनु भयो । उहाले जलबायु र वातावरण अनुकुल बिद्यालय निर्माणका लागि पहल थालीने बताउनु भयो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गणेश आचार्यले बिद्यालयको इतिहास, बर्तमान अवस्था, भावी योजना र चुनौतीका बिषयमा आफनो धारणा राख्नु भयो ।उक्त अवसरमा नगरको १२ महिना १२ कार्यक्रम अन्र्तगत संचालित अन्तर बिद्यालय स्तरी नृत्य तथा गायन प्रतियोगीताको फाइनल समेत सम्पन्न गरीएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । आजै अन्तर बिद्यालय स्तरीय छात्र÷छात्रा फुटवल प्रतियोगिताको फाइनल खेल समेत सम्पन्न भएको छ ।

 

TOP