खेलकुद माई हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा पालिका विशेष इलाको सुन्तलेका धनराज राईको हत्या, छोरा–बुहारी पक्राउ खेलकुद राष्ट्रपति रनिङ शिल्डले इलाममा ग्रामिण खेलकुद जुर्मुराउदै पालिका विशेष सूर्योदयमा बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम पालिका विशेष सूर्योदयमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु प्रदेश माओवादी केन्द्र इलाम नगरको दोश्रो अधिबेशन सम्पन्न जीवनशैली टोल बिकास संस्थालाई ब्यवस्थित गर्दै सूर्योदय पालिका विशेष चुम्लुङको सूर्योदय नगर अधिवेसन सम्पन्न जीवनशैली एच पि.भी. खोप अभियान सम्बन्धि सूर्योदय नगरपालिकाको सूचना पर्यटन पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
Hamropalika menu advertisement

माईजोगमाईमा गाउँपालिका स्तरीय बाल सन्जाल गठन

  • प्रकाशित मितिः February 15, 2025
  • हाम्रो पालिका
माईजोगमाईमा गाउँपालिका स्तरीय बाल सन्जाल गठन
Spread the love

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिकामा गाउँपालिका स्तरीय बाल सन्जाल गठन भएको छ ।नव गठित समितिको अध्यक्षमा सन्ध्य बिश्वकर्मा , उपाध्यक्षमा प्रिजा राई , सचिवमा बसन्त ढुङ्गेल , सहसचिवमा गुराँस थेवे , कोषाध्यक्षमा प्रश्ना कार्की , सदस्यहरुमा समिक्षा बजगाई , युना भण्डारी , साक्षर चापागाई , अनुसा देवान , सुस्मिता बास्तोला चयन हुनु भएको हो ।
माईजोगमाई गाउँपालिका बालमैत्री स्थानिय शासन समिति अध्यक्ष तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा बालमैत्री स्थानिय शासन समिति उपाध्यक्ष तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता साथै माईजोगमाई गाउँपालिकाको ६ वटै वडामा रहेको माध्यमिक बिद्यालयमा गठित ९ वटा बाल क्लवका पदाधिकारी , उक्त बाल क्लवका संरक्षक शिक्षकको उपस्थितिमा पालिका स्तरिय बाल सन्जाल गठन भएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । उक्त बाल क्लवलाई माईजोगमाई गाउँपालिकाबाट खेल सााग्री र बिद्यालयमा गठन भएको बाल क्लबको दर्ता प्रमाण पत्र समेत बितरण गरीएको छ ।
उक्त नवगठित समितिलाई माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईले बधाई तथा शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।

TOP