जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

ऐमाले रोङको अध्यक्षमा पुनः खड्ग आले

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
ऐमाले रोङको अध्यक्षमा पुनः खड्ग आले

डाइमण्ड तिम्सिना, रोङ:
इलामको रोङ गाउँपालिकामा नेकपा एमालेको पालिका अधिबेशन सम्पन्न भएको छ। नेकपा(एमाले) रोङ गाउँपालिका कमिटीको सम्पन्न दोश्रो अधिवेशनले खड्ग आले मगरको अध्यक्षतामा ३९ सदस्यीय नयाँ गाउँ कमिटी सर्वसम्मत चयन गरेको हो ।
गाउँपालिका कमिटीको उपाध्यक्षमा सत्यम राई, सचिवमा दुर्गा अधिकारी, उपसचिवद्वयमा पुरन राई र सीता न्यौपाने चयन हुनुभएको छ।अधिवेशन उद्घाटन अवसरमा प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सदस्य एवम् कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना, प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश राई, प्रदेश कमिटी सदस्य काजीमान कागते, सकुन्तला लेप्चा, सावित्रा शिवा, जिल्ला कमिटी अध्यक्ष गणेश बराल, निवर्तमान अध्यक्ष एवम् संघीय सांसद महेश बस्नेत लगायतको उपस्थित रहेको थियो ।
अध्यक्ष पदमा तिन जना आकाक्षी खड्ग आले मगर, युवराज खाप्तुवा र प्रेम राई रहेका थिए ।यस अघि एमालेले सबै वडाको वडा अधिबेशन केहिदिन अघि मात्रसम्पन्न गरेको थियो। जसमा वडानम्बर १ मा राजेन्द्र खुलालको अध्यक्षतामा २१ सदस्यीय समिति चयन भएको थियो। त्यसैगरी रोङ २ मा सुजता ढुङ्गेलको अध्यक्षतामा १५ सदस्यीय समिति चयन भएको थियो ।
वडा नम्बर ३ मा दिलीप राईको अध्यक्षतामा १३ सदस्य समिति बनेको थियो । त्यसैगरी वडा नम्बर ४ को अध्यक्षमा नन्दकुमार गुरुङ, र १३ जनाको समिति चयन भएको थियो । त्यस्तै वडा नम्बर ५ मा तिर्थराज ढुङगेलको अध्यक्षतामा गठित १३ सदस्यीय समिति बनेको थियो । वडा नम्बर ६ मा सोम चाम्लिङको अध्यक्षतामा २५ सदस्यीय समिति चयन भएको थियो।
एमालेको पार्टी सदस्य मध्येबाट जम्मा ९१ जना प्रतिनिधि छनौट भएका छन । छनौट भएका ९१ जनाबाट पार्टीको गाउँ अधिबेशन सम्मन्न भएको थियो ।

TOP