फिक्कल: पछिले पटककको बर्षाले सूर्योदय र माईजोगमाई जोडने फिक्कलबाट नयाँबजारसडक अवरुद्ध बनेको छ । सूर्योदय नगरपालिकाको बरबोटे देखि माईजोगमाई जाने सडक खण्डको ढोडेमा पहिरोको कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
सडक खोलीएको लामो समय पछि गत बर्ष मात्र सम्पन्न कालोपत्रे सडक पहिरोले बगाएको छ । उक्त सडकमा पहिरोले क्षती गरेपछि यातायत संचालन पूर्ण रुपमा रोकीएको छ । पहिरोका कारण सूर्योदय ३ को बरबोटे पान्दाम जील सडक ,वडा नं. २ को पशुपतिनगर बागबिरे सडक, वडा नं. ५ को सुन्थुङ सडक वडा नं. ३ कै पानदुले जील सडक , वडा १४ को चुम्बाङ दाङसाराङ सडक र वडा १० को रमिते सडक खण्ड अवरुद्ध बनेको छ । पशुपतिनगर देखि मंगलबारे सडक आंशिक रुपमा अवरुद्ध बनेको छ ।
फिक्कल नयाँ बजार सडकककै मयु खोलाको पुलमाथिबाट पानी बगेका कारण पुल समेत जोखिम परेको स्थानीय रोषन काफ्लेले जानकारी दिनु भयो । उक्त पुल तीन बर्ष अघिको बाढीका कारण दवीएको थियो ।
लगातारको बर्षाका कारण माईजोगमाई गाउँपालिका वडा नम्बर २ शान्तिडाँडामा जमिन चर्किएर नजिकै रहेको खोलाबाट पहिरो जान थालेपछि त्यहाँ रहेका करिब ९ घर जोखिममा परेका छन् । स्थानीय मदन थामी , बलबहादुर थामी र चन्द्र थामीको गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अन्य गंगा बहादुर महत , कमल बहादुर थामी ,लेखनाथ थामी ,दिपक थामी ,विर बहादुर महत, सोम बहादुर थामी लगायतको घर जोखीममा रहेका छन । गाउँपालिकाले वडा नं. २ का अध्यक्ष डम्बुर सुवेदीलाई उक्त क्षेत्रको अवस्था बुझन पठाएको छ ।
वडा नं. ५ मा तीन परिवार बिस्थापित भएका छन । गाउँपालिका उपाध्यक्ष प्रविना राईका अनुसार कार्यपालिका बैठक बसी पहिरोबाट बिस्थापितलाई राहत बितरण शुरु गरीएको छ ।
यस्तै मेची राजमार्गको माइृखोला राजदुवाली सडक खण्ड जिर्ण बनेको छ । दवीएको सडकमा कतिबेला पहिरो झर्ने टुंगो नभएको यातायत ब्यवसायीको भनाई छ । मेची राजमार्गको इलाम खण्डमा यातायत सूचारु भए पनि माईखोला पुल सहित पुल माथीको सडक जोखीममा परेको छ । जिल्लाका अधिकांश ग्रामिण सडक बाढी पहिरोका कारण क्षतीग्रस्त बनेका छन । दशैको मुखमा पहिरोले सडकमा क्षती गरेपछि सामान ढुवानी र आउजाउमा समेत समस्या पर्न थालेको छ । स्थानीय पालिकाले पहिरो पन्छाएर सडक खुलाउने काम भने गरीरहेका छन ।