जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कल–नयाँबजार सडक अवरुद्ध

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
फिक्कल–नयाँबजार सडक अवरुद्ध

फिक्कल: पछिले पटककको बर्षाले सूर्योदय र माईजोगमाई जोडने फिक्कलबाट नयाँबजारसडक अवरुद्ध बनेको छ । सूर्योदय नगरपालिकाको बरबोटे देखि माईजोगमाई जाने सडक खण्डको ढोडेमा पहिरोको कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
सडक खोलीएको लामो समय पछि गत बर्ष मात्र सम्पन्न कालोपत्रे सडक पहिरोले बगाएको छ । उक्त सडकमा पहिरोले क्षती गरेपछि यातायत संचालन पूर्ण रुपमा रोकीएको छ । पहिरोका कारण सूर्योदय ३ को बरबोटे पान्दाम जील सडक ,वडा नं. २ को पशुपतिनगर बागबिरे सडक, वडा नं. ५ को सुन्थुङ सडक वडा नं. ३ कै पानदुले जील सडक , वडा १४ को चुम्बाङ दाङसाराङ सडक र वडा १० को रमिते सडक खण्ड अवरुद्ध बनेको छ । पशुपतिनगर देखि मंगलबारे सडक आंशिक रुपमा अवरुद्ध बनेको छ ।
फिक्कल नयाँ बजार सडकककै मयु खोलाको पुलमाथिबाट पानी बगेका कारण पुल समेत जोखिम परेको स्थानीय रोषन काफ्लेले जानकारी दिनु भयो । उक्त पुल तीन बर्ष अघिको बाढीका कारण दवीएको थियो ।
लगातारको बर्षाका कारण माईजोगमाई गाउँपालिका वडा नम्बर २ शान्तिडाँडामा जमिन चर्किएर नजिकै रहेको खोलाबाट पहिरो जान थालेपछि त्यहाँ रहेका करिब ९ घर जोखिममा परेका छन् । स्थानीय मदन थामी , बलबहादुर थामी र चन्द्र थामीको गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अन्य गंगा बहादुर महत , कमल बहादुर थामी ,लेखनाथ थामी ,दिपक थामी ,विर बहादुर महत, सोम बहादुर थामी लगायतको घर जोखीममा रहेका छन । गाउँपालिकाले वडा नं. २ का अध्यक्ष डम्बुर सुवेदीलाई उक्त क्षेत्रको अवस्था बुझन पठाएको छ ।
वडा नं. ५ मा तीन परिवार बिस्थापित भएका छन । गाउँपालिका उपाध्यक्ष प्रविना राईका अनुसार कार्यपालिका बैठक बसी पहिरोबाट बिस्थापितलाई राहत बितरण शुरु गरीएको छ ।
यस्तै मेची राजमार्गको माइृखोला राजदुवाली सडक खण्ड जिर्ण बनेको छ । दवीएको सडकमा कतिबेला पहिरो झर्ने टुंगो नभएको यातायत ब्यवसायीको भनाई छ । मेची राजमार्गको इलाम खण्डमा यातायत सूचारु भए पनि माईखोला पुल सहित पुल माथीको सडक जोखीममा परेको छ । जिल्लाका अधिकांश ग्रामिण सडक बाढी पहिरोका कारण क्षतीग्रस्त बनेका छन । दशैको मुखमा पहिरोले सडकमा क्षती गरेपछि सामान ढुवानी र आउजाउमा समेत समस्या पर्न थालेको छ । स्थानीय पालिकाले पहिरो पन्छाएर सडक खुलाउने काम भने गरीरहेका छन ।

 

 

TOP