जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कल खानेपानीको पाइप जडान हुँदै, केहि दिनमै पानी सूचारु हुँने

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
फिक्कल खानेपानीको पाइप जडान हुँदै, केहि दिनमै पानी सूचारु हुँने

फिक्क्ल: इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा आपूर्ति हुँदै आएको खानेपानीको मुहानको पाईप पहिरोले बगाए पछि अहिले मर्मतको काम भैरहेको छ । पहिरोले ५०० मिटर पाइप बगाए पछि उक्त क्षेत्रमा फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १५ लाखको पाइप खरीद गरी मर्मतको काम हिजोबाट नै थालेको हो ।
फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तथा सूर्योदय नगरपालिकाका उप–प्रमुख दुर्गा कुमार बरालले मौषमले साथ दिएमा अव दुइृ दिन भित्रमा पानीको सहज आपूर्ति गर्न सकिने जानकारी दिनु भयो।पहिरोले मुहानमा ४५ लाख बढीको क्षती भएको छ । केहि दिन अघिको बाढी पहिरोले पानीको मुहानको पाँच सय मिटर मुख्य पाईप लाईन र सडक बगाउदा बगाद ४५ लाख बढीको क्षती भएको हो ।
सूर्योदय नगरपालिका १ को इन्द्रणी दोभानमा रहेको श्रीखोलाको पाँचसय मिटर बढी मुख्य पाइपलाईन बगाए पछि नगर क्षेत्रको फिक्कल बजारमा पानीको आपूर्ति हुन सकेको छैन । मुख्य पाइप र सडक समेत पहिरोले बगाउदा ४५ लाख बढीको क्षति भएको समितिका अध्यक्ष बरालले जानकारी दिनु भयो । उहाका अनुसार पानीको मुहान सम्म पुग्ने सडक समेत पहिरोले बगाएकाले ठूलो रकम सडक मर्मतमा खर्च भएको छ ।
पानीको मुहान क्षेत्रमा नगर प्रमुख रणबहादुर राई , उप प्रमुख बराल , प्रमुश प्रशासकीय अधिकृत मिनल भट्टराई वडा नं १ का वडाध्यक्ष राजकुमार लिम्बर र वडा नम्बर ८ का वडाध्यक्ष जंग गुरुङ सहितको टोलीले अनुगमन गरी काम छिटो सक्नका लागि समन्वय गरीरहेको छ । नगर प्रमुख राईले हिजो श्री खोला पुगेर आवश्यक समन्वय गर्नु भएको छ । समितिले खरीद गरेको पाइप नगरले मुहान क्षेत्रमा लगेर अहिले जडानको काम भैरहेको छ ।
श्रीखोलाको पानीले नगरको फिक्कल बजार सहितका क्षेत्रका एक हजार ६०० सय परिवारले पानी उपभोग गर्दै आएकोमा हाल एक हजार घरमा पानीको अभाव भएको अध्यक्ष बरालले जानकारी दिनु भयो । उक्त मुहानबाट बजार क्षेत्रमा पाँच लाख लिटर पानी दैनिक रुपमा खपत हुँदै आएको थियो । पहिरोका कारण बारम्बार मुहान क्षेत्रमा क्षति गर्ने गरेको छ ।
पर्यटकीय क्षेत्र फिक्कलमा केहि दिन देखि पानी अभाव भए पछि यहाँको होटल र पर्यटन ब्यवसाय चौपट एको छ । ब्यवसायीले अहिले नजिकका ढुंगो धारा र टयाङ्करबाट पानी खरिद गरी ब्यवसाय संचालन गरीरहेको बिकास प्रधानले जानकारी दिनु भयो । स्थानीयले टयाङ्करमा ल्याएको पानी दुई रुपियाँ प्रति लिटर खरीद गरेर ब्यवसाय संचालन गरीरहेको होटल ब्यवसायीले बताएका छन । पानीको अभावले यहाँ आउने पर्यटकलाई समेत समस्या भएको छ । नगरपालिकाले आजबाट फिक्कल बजार क्षेत्रमा टयाङ्करबाट निशुल्क पानी वितरण शुरु गरेको छ ।

 

TOP