कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा चाडपर्व लक्षित यात्रु सहायता कक्षा स्थापना

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
इलाममा चाडपर्व लक्षित यात्रु सहायता कक्षा स्थापना

इलाम :  दसैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले यात्रु सहायता कक्षा स्थापना गरेको छ। चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि सदरमुकामको बसपार्क र चोक बजारमा रहेको ट्याक्सी स्टेसनमा यात्रु सहायता कक्षा स्थापना गरिएको हो।

यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख डम्बर बिक्रम दियालीले बताउनुभयो।इलाम सदरमुकाममा स्थापना गरिएको यात्रु सहायता कक्ष बुधबार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले उद्घाटन गर्नुभयो । यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने प्रमुख दियालीले बताउनुभयो ।
‘चाडवाडका समयमा यात्रुको चाप बढी हुन्छ। ओभरलोड गरिएको हुन सक्छ। बढि भाडा असुलिएको हुन सक्छ। यात्रुको सामान छुट्न सक्छ,’ उनले भने, ‘यात्राका क्रममा कसैलाई समस्या भएको अवस्थामा सहजताका साथ प्रहरी सेवा उपलव्ध गराउन सहायता कक्ष सुरु गरिएको हो। त्यहाँबाट चौबिसै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ।’

TOP